• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिका कराँते कपमा हिक्मतले जिते २ स्वर्ण पदक

काठमााडौं ।  पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको कराँते कपका दुई बिधामा २ स्वर्ण पदक जितेका छन । 

सेप्टेम्बर २१ देखि २४ सम्म भएको ६७ केजी तौल समुह कुमेटी र एकल काता तर्फ दुबैमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन् । काता र कुमेटी दुबै विधा तर्फ उनले अमेरिका खेलाडीलाई हराए । प्रतियोगितामा अमेरिका सहित ४० देशले सहभागी जनाएका छन । 

हिक्मतले सन २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए  । सन २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी तौल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर