• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भरुवा बन्दुकसहित एक पक्राउ

गोरखा । सहिद लखन गाउँपालिका–३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए । 
   
भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उनले बताए । गुरुङमाथि आजै मुद्दा दर्ताको तयारी भइरहेको उनले जानकारी दिए । गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर