सेयर लगानीकर्ताको अन्योल कायमै, १७ करोडमा खुम्चियो कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्सेमा तीव्र उतारचढाव देखिएको छ । उतारचढावकाबीच अन्त्यमा नेप्से सुचक १ दशमलव ७३ अंकले उकालो लागेर १ हजार १ सय ४० दशमलव ९८ को बिन्दुमा बजार बन्द भएको छ । 

कारोबारमा आएका अधिकांश सुचक सकारात्मक रहेपनि आज नेप्सेमा भने सामान्य सुधार मात्रै देखिएको छ । सेयर बजारका एक विश्लेषकका अनुसार लगानीकर्ता अझैपनि बजारप्रति विश्वस्त हुन नसकेको बताए । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार १७० कम्पनीको १७ करोड ७२ लाख ७९ हजार ३९ रुपैयाँको ७ लाख ४३ हजार ३१५ कित्ता सेयर किनबेच भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर