• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:13 am

निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुुटसल हुने

धनगढी । पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा निसर्ग अस्पताल टेक बहादुर चोखाल स्मृति कप हुने भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा हुन लागेको हो । पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा  असोज ८ देखि ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडाका टीमहरु सहभागी हुने फुटसल प्रतियोगिता हुने आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । 

धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरु टिम बनाएर खेलमा सहभागिता हुने र टीमका खेलाडी सम्बन्धित वडाकै हुनुपर्ने पब्लिक मिडिया नेपालका अध्यक्ष श्रवण देउवाले बताए । उनले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि विभिन्न खेलकुद हुँदा हुँदै पनि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

पत्रकार सम्मेनमा वोल्दै मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले फुटसलको माध्यमले स्वास्थ्यमा सुधार हुने बताउनुभयो । पत्रकार सम्मेलनमा टेकबहादुर चोखाल फाउन्डेसनका अध्यक्ष विनय चोखालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा फुटसल प्रतियोगितालाई पनि थप गरेको बताए । उनले यो प्रतियोगिता हरेक बर्ष आयोजना हुने जानकारी दिनुभयो । निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको छ । 

टेकवहादुर चोख्याल नेपाली राजनितिज्ञ र नेपाली काग्रेंसका प्रभावशाली नेताको रुपमा परिचित छन् ।  नेपाली काग्रेंसबाट २०५६ सालमा चोख्याल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । 

त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री हुनुभएका वेला चोख्याल कानुन मन्त्री समेत बनेका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काग्रेंसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार पनि रहनु भएको थियो । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री टेकवहादुर चोख्यालको २०६६ कार्तिक २७ गते काठमाण्डौंमा निधन भएको थियो । चोख्यालका एक श्रीमति दुई छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विमानस्थलको काउन्टरमा सांसदको लात्ती, कारबाही माग

  • २७ असोज, २०७६

जनकपुरधाम । सोमबार दिउँसो जनकपुर विमानस्थलमा राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले बुद्द एयरको काउन्टर र भिआइपी क्षेत्रमा तोडफोड गरेका

मुख्यमन्त्री पोखरेल चीनमा

  • २७ असोज, २०७६

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान गरेका छन । बेल्ट एण्ड रोड सिचुआन इन्टरनेशनल फ्रेण्डसीप एण्ड सिटिज कपरेशन एण्ड डेभलपमेण्ट

रुपन्देही उद्योग संघमा चुनावी चहलपहल

  • २७ असोज, २०७६

बुटवल । आगामी असोज ३० गते बिहीवार हुने रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको सोमवारबाट निर्वाचन कार्यक्रम सुरु भएको छ ।