सुदूरपश्चिम प्रदेशमा सात करोडमा खेल संरचना बन्दै

धनगढी । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा सात करोडको खेल संरचना बन्ने भएका छन ।

राष्ट्रिय खेलकुद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले जानकारी दिए ।

उनका अनुसार कैलालीमा रहेको प्रदेशस्तरको रंगशालाको प्याराफिट निर्माणका साथै कवर्डहल स्तरोन्नतीका लागि रु चार करोड पचाँस लाख बिनियोजन गरिएको छ ।

यस्तै कञ्चनपुरस्थित जिल्ला खेलकुद विकास समिति परिसरमा क्रिकेट मैदानका लागि रु एक करोड रकम विनियोजन भएको छ । 

त्यसैगरी यहाँको विकट पहाडी जिल्ला बाजुरामा रंगशाला बनाउन रु ५० लाख, दार्चुलाका लागि रु ५० र डोटीका लागि पनि रंगशाला बनाउन रु ५० लाख बजेट रहेको क्षेत्रीय कार्यालय प्रमुख मल्लले बताए ।

‘बृहत छैटौ राष्ट्रिय खेलकुद यहाँ भएका बेला खेल संरचना निर्माणकबा लागि त्यो बेला रु दश करोड आएको थियो ।’ मल्लले भने–‘त्यसयता बढी बजेट सुदूरपश्चिम आएको यसैपाली नै हो ।’

उनले प्राविधीकसहितको टोलीले संरचना निर्माणका लागि आवश्यक नाजाँच थालिसकेको बताए ।

‘अहिले प्राविधीक टोलीले संरचनाहरुको स्टीमेड बनाउन थालेको छ ।’ मल्लले भने–‘टेण्डर लगायतका प्रक्रियाका लागि पनि यस पटक राखेपले क्षेत्रलाई नै जिम्मेवारी दिएको छ ।’

संरचना निर्माणका लागि केही दिनभित्रै बोलपत्र आह्वान हुने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर