• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नासाले तस्विर सार्वजनिक गर्याे– चन्द्रमामा भएकाे थियाे विक्रमकाे हार्ड ल्यान्डिङ

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इसरोको चन्द्रयान–२ को ल्यान्डिङ साइटका केही नयाँ र ‘हाई रेजोल्यूशन’ तस्बिर जारी गरेको छ । नासाले यी तस्बिर आफ्नो वेबसाइट र सोशल मिडिया अकाउन्ट्समा शेयर गरेको छ ।

तस्बिर ट्वीट गर्दै नासाले लेखेको छ, ‘हामीले भारतको चन्द्रयान–२ को विक्रम ल्याण्डरको ल्यान्डिङ साइटका केही तस्बिर खिचेका छौँ । तस्बिर अध्यारोमा लिइएको हो जसकारण ल्याण्डरको स्थिति थाहा हुन सकेन । अक्टूबरमा उज्यालो हुने हुँदा फेरि तस्बिर लिने प्रयास गरिनेछ ।’
नासाले आफ्नो वेबसाइटमा लखेको छ कि चन्द्रयान–२ को विक्रम ल्याण्डर सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा हार्ड ल्यान्डिङ अर्थात् जोरले टकराएको थियो ।

अहिलेसम्म विक्रम ल्याण्डरको तस्बिर लिन र उसको लोकेशन पत्ता लगाउन भने नसकिएको नासाले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर