• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 12:45 am

प्रदेश नं ५ मा ४८ विधेयक पारित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को  अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो ।

पारित भएका विधेयकमध्ये  १० विधेयक प्रदेशसभाको चौथो (वर्षे) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को प्रदेश सचिवलायका सूचना अधिकारी मनोज पाण्डेयले जानकारी दिनुभयो । प्रदेशसभाको पारित भएका सबै विधेयक प्रमाणीकरणसमेत भइसकेको छ । 

प्रदेशसभाले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६, प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६, आर्थिक वर्ष २०७६÷७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट फार्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । 

त्यस्तै साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५  सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक, सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेशसभाका  पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाको चौथो अधिवेशनले  पारित गरेको छ ।

यस अवधिमा ३२ पटक बैठक बसेको थियो । प्रदेश नं ५ को प्रदेशसभाले यसअघि पहिलो अधिवेशनमा चार, दोस्रोमा ११ र तेस्रोमा २३ विधेयक पारित गरेको थियो ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वास्थ्यकर्मी माथि हुने आक्रमणको कर्णालीमा विरोध

  • १९ जेठ, २०७७

सुर्खेत । देशभरिका स्वास्थ्यकर्मीहरुमाथि विभिन्न बहानामा हुने आक्रमणको कर्णालीमा विरोध भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले

कार्णालीमा थपिए ३५ जना संक्रमित

  • १९ जेठ, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कर्णालीमा मात्र संक्रमण हुनेको संख्या २ सय ३३ पुगेको छ ।  दैलेखमा ९८,

प्रदेशसभा सदस्य पन्थीको प्रश्न : नीति तथा कार्यक्रममा शहिद परिवारप्रति किन सम्बोधन नगरेको ? 

  • १९ जेठ, २०७७

काठमाडौं । प्रदेश पाँचका प्रदेशसभा सदस्य दिनेश पन्थीले कोरोना महामारीबाट संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सरकारले ल्याएको