बुटवलमा राष्ट्रिय जनमोर्चाको सभा : संघियता खारेजीको माग

बुटवल । राष्ट्रिय जनमोर्चाले शुक्रबार बुटवलमा सभा गरेको छ ।  शुरुदेखि संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेशका राजधानीमा प्रदेशस्तरीय  सभ ागर्ने क्रममा बुटवलमा सभा गरेको हो । राष्ट्रियता गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं भन्ने मूल नाराका साथ सभाको आयोजना गरिएको हो ।

सभामा बोल्दै राष्ट्रिय जनामोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले गणतन्त्र, धर्म निरपेक्षताको संरक्षण र संघीयता खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने बताइन । महगंो संघीय प्रणालीलाई नेपाली जनताले धान्न नसक्ने बताउंदै स्थानीय तहलाई थप बलियो बनाएर प्रादेशीक संरचना खारेज नहुंदासम्म देशले गतिलिन नसक्ने दावी गरिन् । उनले सरकारले ल्याएको खुकुलो नागरिकता विद्येयक खारेज गर्नुपर्ने बताउंदै कठोर नागरिकता विद्येयक ल्याउनु पर्ने उनको भनाइ छ ।

कम्युनिष्टको नाममा बनेको बहुमतको सरकारले महङी, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्न नसकेको हत्याहिंसा र बलत्कारमा संलग्नहरुलाई कारवाही गर्न नसकेकाले सरकारप्रति जनता निरास बनेको बताइन । राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले देश अफठ्यारो अवस्थाबाट अगाडी बढेको, विकासको नाममा देशलाई सात प्रदेशमा बाड्नुले नेपालको अवस्था कमजोर बनेको उल्लेख गर्दै नेपालमा संघीयता आवश्यक नहुने बताए । 

प्रदेश  सांसद तारा जीसीले देशमा भ्रष्टाचार, महङी, कालोबजारी, घुसखोरी तन्त्र मौलाउंदै जांदा पनि दुई तिहाइ बहुमतको सरकार चुप लागेर बसेको आरोप लगाइन ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष वद्रे आलमले मुलुकको राष्ट्रिय एकता, अखण्डतामाथि संघीयताले हमला गरेको बताए । कार्यक्रममा रक्तिमका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर