• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आजदेखि सातै प्रदेशमा टेलिकमको फोरजी सेवा

काठमाडाैँ । नेपाल टेलिकमले फोरजी सेवाको नेटवर्क बुधबारदेखि सातवर्ट प्रदेशका प्रमुख सहरहरुमा विस्तार गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत औपचारिक सुरुवात गर्ने टेलिकमले जनाएको छ । हाल यो सेवा सातै प्रदेशका गरी कुल २२ जिल्लाका प्रमुख सरहमा विस्तार गरिएको छ । 

फोरजी/एलटाई सेवाको प्रयोगप्रश्चात् उच्च गतिको इन्टनेट सेवामार्फत भिडियोलगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुनेछ ।

मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर