फाेरजी शुरूवातकाे अवसरमा आकर्षक इन्टरनेट प्याकेज
काठमाडाैँ । कम्पनीले सातै प्रदेशमा फोरजी/एलटीई सेवाको सुरुवातको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज समेत प्रदान गर्ने निर्णय गरेको छ ।
जसअनुसार यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिनेछ ।
यसअघि जम्मा २५ रुपैयाँमा दुई सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा दुई सय एमबी थप गरी जम्मा चार सय एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ ।
यसैगरी एक सय रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको पाँच सय एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप पाँच सय एमबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग सात दिनसम्म गर्न सकिनेछ ।
साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने दुई सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्ताले सोही मूल्यमा ३ जिबी डाटा पाउनेछन् । यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।
प्रतिकृया दिनुहोस