• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 08:21 am

थन्किए उपकरण, समस्यामा बिरामी

बाँके । भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् ।

बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत सुधार र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन । 

अस्पतालमा उपचारका लागि अधिकाँश निमुखा र गरीब बिरामी नै आउने गरेका छन् । मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ । गरीब निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गाैलापीडित बिरामीहरुको माग छ । भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर (सिफारिश केन्द्र) का रुपमा लिइने गरिन्छ ।
 
यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा पारस श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन् । अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् । 

अरू बिरामी पालो कुररै बसेका छन् । डायलासिस विभागका अनुसार अहिले हप्तामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन् । मिर्गाैला रोगीले भेरी अस्पतालमा पालो नपाएर निजी अस्पतालमा महङ्गो रकम तिरेर डायलासिस गर्न बाध्य छन् । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा सरकारी अस्पतालमा उपकरण थन्किएर बसेका छन् । 

अहिले हेमोडायलासिस युनिट प्रमुख डा श्रेष्ठले उपचारका लागि आउने बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार बिरामीको चाप बढेको छ, मेसिनको अभाव छ । भएका चारमध्ये दुई मेसिन कामै नलाग्ने गरी बिग्रिएका छन् । अहिले दुई चलिरहेका छन् । उनले भने, “चलिरहेका दुईमध्ये पनि एउटा मेसिनले डायलासिस गर्दा पटक–पटक धोका दिइरहेको छ ।”
 
बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएको डा श्रेष्ठ बताछन् । बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले डायलासिस गर्ने मेसिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताए ।
 
समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मिर्गाैलापीडितको मृत्यु भइसकेको छ । बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको मेसु डा रुपानन्द अधिकारी बताउँछन् । मिर्गाैलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ ।
 
मेसिनको अभावमा बिरामीले पालोसमेत पाउन नसकेपछि मिर्गौलारोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मिर्गौलापीडितहरुको माग छ । दिउँसो र बिहान मात्र दिइँदै आएको डायलासिस सेवा साँझ र रातिमा पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकताअनुसार जनशक्ति र मेसिनको व्यवस्थापन गर्नुपर्नेमा मिर्गाैलापीडितहरूले आवाज उठाएका छन् ।
 
अहिले दैनिक चार जनाको डायलासिस हुँदै आएकामा सेवाअवधि थप भएपछि डालासिस सेवा पाउने बिरामीको सङ्ख्या पनि बढ्ने र डायलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महङ्गो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । डायलासिस सेवा सञ्चालनमा रहे पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता छ ।रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खाद्य संकट न्यूनिकरण गर्नको लागि बाँझो जमिन जोत्न मुख्यमन्त्री शाहीकाे अपील

  • १३ जेठ, २०७७

सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले खाद्य संकट न्यूनिकरण गर्न बाँझो जमीनमा खेती गर्न आम कर्णालीबासीलाई अपील गरेका छन् । उनले आज कर्णाली

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट