दशैंमा सबै पैसा नसक्नुहोस्, आउँदैछ साढे ४ अर्बको आइपिओ

काठमाडौं । नेपालीहरुको महान पर्व हाम्रो घर आँगनमा भित्रिसकेको छ । हामीमध्ये धेरै जना आफ्नो कर्मथलोलाई छोडेर दशैं मनाउनकै लागि आफ्नो बाबु बाजेको थातथलोमा पुगिसकेका छौं । 

दशैंलाई मिठो मसिनो खाने र नयाँ तथा राम्रो लुगा लगाउने भनेर सानैदेखि सुन्दै र मान्दै पनि आइएको छ । यद्यपी, पछिल्लो समयमा दशैं मनाउने नाममा अनावश्यक खर्च गर्नु भन्दा केही रकम जोगाएर लगानी गर्नु उचित उचित हुन्छ । व्यक्तिले आफ्नो इच्छा अनुसार लगानीका विभिन्न सेक्टरहरु आफै छनोट गर्न सक्छ । त्यसमध्ये सेयर बजार पनि एउटा उचित गन्तव्य हुन सक्छ ।

सेयर बजारमा साढे ४ खर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर आइपिओ भित्रिने तरखरमा छ । विभिन्न तेह्र कम्पनहरुले ३९ करोड ६६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ३९ लाख ६६ हजार ७३६ कित्ता सेयर निष्काशन गर्ने भएका हुन् । 

आइपिओ निष्काशनको अनुमति माग्दै बाह्र कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले ४ अर्ब ६ करोड १५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।

आइपिओ निष्काशन गर्नेमा अधिकांश जलविद्युत कम्पनीका सेयरधनी

आइपिओ निष्काशन गर्ने अनुमतिको पखाइमा रहेका कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । रिइन्स्योेरेन्स कम्पनी र सीबीआइएल क्यापिटल बाहेकका सबै जलविद्युत कम्पनीहरु रहेका छन् । 

पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सिइडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गतेदेखि अनुमतिको पर्खाइमा रहेको छ । आवेदन दिएको दुई वर्षभन्दा बढी समय बितिसकेको भएपनि कम्पनीले हालसम्म अनुमति पाउन सकेको छैन् । बोर्डका अनुसार कम्पनीले पछिल्लो पटक यही भदौ २६ गते थप डकुमेन्ट बोर्डमा बुझाएको छ । यसले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सेयर निष्काशनको माग राखेर आवेदन दिएको हो ।

त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीले पनि २०७४ असोज २० गते आइपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । दुई वर्षको पखाईसम्म पनि कम्पनीले सेयर निष्काशनका लागि अनुमति पाएको छैन् । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँको सेयर निष्काशन गर्दैछ ।

त्यस्तै सीबीआइएल क्यापिटलले २०७५ वैशाख १ गतेदेखि बोर्डमा आवेदन दिएको थियो । एक वर्षभन्दा पनि बढी भइसकेको अवस्थामा यसले पनि हालसम्म अनुमति पाएको छैन् ।

रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक भोल्यूमको आइपिओ
नेपाल रि इन्स्योरेन्स कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आइपिओ निष्काशन गर्ने तयारीमा छ । सेयर निष्काशनका लागि कम्पनीले आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शिवश्री हाइड्रोको आइपिओ बजारमा

शिवश्री हाइड्रोपावरले असोज १६ गतेदेखि साढे ३३ करोड रुपैयाँको आईपीओ बिक्रीमा ल्याएको छ । शिवश्रीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्काशन गर्दा बिक्री नभएको सेयर समेत गरी ३३ लाख ५१ हजार १४० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीलाई १४ लाख ७६ हजार कित्ता सेयर निष्कासन गरेको थियो जसमा ३ लाख ३९ हजार कित्ता सेयर मात्र बिक्री भएको थियो । बिक्री नभएको बाँकी रहेको ११ लाख ३६ हजार कित्ता सेयर समेत गरी कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको सेयर बिक्री गर्ने भएको हो ।  

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा असोज १६ गतेदेखि छिटोमा असोज २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आइपिओ बिक्री नभएमा कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ ।  आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । आइपिओमा सिआस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्था साथै मेरो सेयर प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट जनसुकै स्थानबाट आवेदन दिन सक्नेछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर