• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 01:21 pm

तरकारीको मूल्यमा मनपरी

गाईघाट । दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् ।

स्थानीय तह, उद्योग वाणिज्य संघ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ ।

गाईघाटका  शारदा खड्काका अनुसार तरकारी व्यापारीले अहिले हप्तादेखियता दैनिक तरकारीको मूल्य बढाउने गरेका कारण उपभोक्ता मारमा पर्न थालेका छन् ।

खड्का भन्छिन्, “३० रुपैयाँ प्रतिकिलोको आलु एक हप्ताभित्र मूल्य बढेर अहिले ८० रुपैयाँसम्म प्रतिकिलो मूल्य पुग्यो, १५० किलोबाट गोलभेँडाकोे मूल्य एक हप्तामा रु २८० प्रतिकिलो पुग्यो, व्यापारीले दैनिक प्रतिकिलो तरकारीमा रु १० देखि २० मूल्य वृद्धि गर्दे लगेका छन् ।”

 अहिलेसम्म तरकारी बजारको अनुगमन नभएको कारण व्यापारीले मनपरी मूल्य वृद्धि गरेपछि उपभोक्ता साह्रै महङ्गीको मारमा परेको अर्का स्थानीयवासी खगेन्द्र कार्की बताउछन् ।

कार्की भन्छन्, “प्याजको मूल्यवृद्धि भएको निहुँमा तरकारी व्यापारीले अन्य तरकारीको मूल्य पनि मनलाग्दी बढाए, उपभोक्ताको समस्याबारेमा स्थानीय तह वा उद्योग वाणिज्य संघ र मिडियाले पनि ध्यान दिएन ।”

स्यानीयवासी कुमार राउत भन्छन्, “अहिले प्याजको मूल्य वृद्धि भएको हामीले सुनेका हौँं, प्याज बाहेक अन्य वस्तुको पनि मूल्य प्याज जस्तै मनपरी दिनानुदिन बढिरहेको छ, अनुगमन  नहुँदा उपभोक्ता मारमा पर्नुपरेको छ ।”

त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष तथा नगरपालिका अनुगमन समितिका सदस्य प्रकाश खड्काले अन्य क्षेत्रमा बजार अनुगमन भइरहे पनि तरकारी बजारको अनुगमन र तरकारीको मूल्य समायोजन गर्न नभ्याइएको बताए ।

यसको पनि अनुगमन शुरु गर्ने पक्षमा नगरपालिका रहेको सदस्य खड्काले बताए । जिल्ला प्रशासन, घरेलु, नगरपालिका प्रहरीसहितका टिमले बजार अनुगमन गरिरहेको भएपनि तरकारी बजारको अनुगमन र मूल्य समायोजनको अनुगमन  हुन नसकेको अनुगमन समितिका सदस्यहरु नै बताउँछन् ।

तरकारी व्यापारी स्वाभावले प्याजसँगै अन्य तरकारीको मूल्य बढेर आएका कारण आफूहरुले महङ्गो मूल्यमा बिक्री गर्न परेको तरकारी व्यापारी राधा चौधरीले बताइन् । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लागुऔषध ओसारपसार गर्ने २ युवती सहित ६ जना कारागार चलान

  • ७ फाल्गुण, २०७६

धनगढी । धनगढीमा लागुऔषध ओसारपसार गर्ने दुई युवती सहित छ जना कारागार चलान भएका छन्। गत मंसिर ५ गते धनगढीको बेल्स क्याफे नजिकैबाट दुई ग्राम छ सय ८०

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव

  • ७ फाल्गुण, २०७६

बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन । ५९ औं स्थापना दिवसका अवसरमा

प्रदेशको बनावट फेरिन सक्छ, बाँके–बर्दिया कर्णालीमा गाभिन्नँ : प्रचण्ड

  • ७ फाल्गुण, २०७६

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको