• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उच्च रक्तचाप तथा मधुमेहका रोगीले दशैमा के गर्ने, के नगर्ने ? 

 रक्तचाप तथा मधुमेहका राेगीले दशैमा यि उपाय अपनाउँदा फाइदा हुनेछ 

– उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले मासुजन्य खाद्य पदार्थको सेवन धेरै कम गर्ने।
–  मध्यपान तथा धूमपान र सूर्तिको प्रयोग नगर्ने।
– मिठाइका परिकारहरुको प्रयोग धेरै कम गर्ने।
– शरीरलाई आवश्यक मात्रामा मात्र खाद्य पदार्थको सेवन गर्ने।
– विषाधीरहित हरियो सागपात तथा रेशादार भएका तरकारी तथा फलफूलहरुको सेवन बढी गर्नुपर्छ। 
– पहेला फलफूल, गेडागुडी, मासु अन्नबालीका खानाहरु र हरियो तरकारी तथा पानीको सन्तुलन मिलाएर मात्र खाद्यान्नको सेवन गर्नुपर्छ। 
– पानीको सेवन २ देखि ३ लिटरसम्म गर्नुपर्छ। 
– शारीरिक व्यायम गरिराख्नुपर्छ। यसले शरीरमा अनावश्यक रुपमा रहेका विकारयुक्त चिजहरु निष्कासनमा मद्दत गर्छ। 
– एक अञ्जुली भातको सेवन गर्नुहुन्छ भने दुई अञ्जुली हरियो रेशादार भएको तरकारीको सेवन गर्नु र मौसमी अमिलो खालका फलफूलहरु सेवन गर्नु स्वास्थ्यका लागि फलदायी हुन्छ। 
– नियमित समय–समयमा रगतमा चिनीको मात्रा, युरिक एसिडको मात्रा र मिर्गौलाको कार्यक्षमताको जाँच गराइराख्नुपर्छ। 
– नुन, घिउ तथा तेलको मात्रा धेरै कम सेवन गर्नुपर्छ। 
– मानव शरीरका लागि २४ घण्टामा नुन जम्मा ५ ग्राम आवश्यक हुन्छ, तर हाम्रो भान्सामा १२ देखि १५ ग्रामसम्म प्रति व्यक्ति प्रयोग भइरहेको छ। 
– त्यस्तै मानव शरीरका लागि मध्यपानको आवश्यकता पर्दैन, शरीरलाई चाहिने अल्कोहल  ९रक्सी० शरीर आफैंले उत्पादन गर्छ। 
– चाडपर्वहरुमा रक्सीको (अल्कोहल) मात्रा बढी प्रयोग भएको हुन्छ। यसको नियन्त्रण गर्नु आवश्यक छ।
– उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले सेवन गरिरहेको औषधि नियमित रुपमा एउटै समयमा सेवन गर्नुपर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर