• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 03:38 am

धर्म र संस्कृतिको भूमरीमा दशैं   

भौगोलिक विविधताका साथ नेपाल वहुजाति, बहुभाषा र वहुसांस्कृतिक परम्पराले भरिपूर्ण देश हो । ‘संस्कृतिको जगेर्ना गर्नु, भाषाहरुलाई सम्मान गर्नु र जातिय समभावलाइ नयाँ स्तरमा उठाउनाले देशको उन्नतीमा मद्धत गर्दछ ।’ नेपाली समाजले अवलम्वन गरेको पछिल्लो प्रगतिशिल कदम हो यो । तर संस्कृति भन्नासाथ धार्मिक वुझ्ने वा ‘धर्म’ (देववाँणी) नै संस्कृति हो भन्ने वुझाईले समाजलाई भम्रित गरेको छ ।  

संस्कृति विलकुल भौतिक परम्परा हो भने धर्म काल्पनिक ग्रन्थ । यसो भन्दा उपनिषद, वेद लगाएतका ग्रन्थहरु सवै काल्पनिक हुन् ? भन्ने प्रश्नहरु आध्यत्मवादका ठेकेदारहरुले उठाइहाल्छन् । यो सन्दर्भ यावत विषयको चर्चा गर्नु नभएतापनि ती ग्रन्थहरुको ऐतिहासिक र भौतिक सत्यमाथी धर्म नामक काल्पनिकता मिसाएर सत्यमाथी कव्जा गरिएको यथार्थ हो । 

जेहोस, कम्युनिष्ट सिद्धान्त ऐतिहासिक द्धन्दात्मक भौतिकवादको जगमा टेकेको कारण कम्युनिष्टहरुले भौतिक सत्यमाथी मात्र विश्वास राख्छन्÷राख्नुपर्छ । धार्मिक सिद्धान्तले यसो भन्दैन । यो संसार निर्माणमा कुनै अलौकिक शक्तिको हात छ त्यसको वारेमा प्रश्न गर्नुहुँदैन, विश्वास राख्नुपर्छ भन्छ । प्रश्न विनाको विश्वासले मालिक र दासको निर्माण गर्दैजान्छ, जो आजसम्म समाजले भोग्दै आएको छ ।

दशैं तिहारमा गरिने क्रियाकलापहरु जस्तै अन्नहरुबाट उमार्नै जमराको माला, पाति, चामलको टिका, रुखमा डोरि झुण्डाएर खेलिने पिङ, तथा तिहारमा हरेक जनावरहरुलाइ गरिने सम्मान, बालि भित्र्याउनु अघि खेलिने देउसि भैलो र अन्न भरिपूर्ण हुने विश्वासमा देउसे भैलोलाइ गरिने कात्तिके दान जस्ता संस्कृति कृषकहरुले निर्माण गरेको संस्कृति हुन भन्न सकिने तथ्यगत आधार हुन् ।

यसर्थ भौतिकवाद अध्यात्मवादको विरुद्धमा रहदै आयो÷छ । कम्युनिष्ट सिद्धान्त धर्म (अध्यात्मवाद)को विरोध गर्ने सिद्धान्त भएकै कारण कम्युनिष्टहरुलाई सोलोडोलो ‘संस्कृति बिरोधी’ भनेर आरोप लगाइन्छ । पछिल्लो समय  देवता (धर्म) विरोधी भन्न छाडिंदै गएको छ । देवता ( धर्म ) विरोधी  भनिएको भए कुरा वेठिक हुँदैन थियो  । किनकि कम्युनिष्टहरु अन्धविश्वासमा टिकेको धर्म विरोधी हुन् नै  । तर संस्कृति त्यस्तो अन्धविश्वास मात्र होइन, भौतिक परम्परा अनुसार चल्दै आएको एक सामाजिक कार्यक्रम हो । यसै अन्तर्गतको दशैं एक सांस्कृतिक पर्व हो । 

तर दशैंको ऐतिहासिक र सांस्कृतिक महत्वलाइ योजनावद्ध नष्ट गरी त्यसमाथी धार्मिक स्वार्थ अनुसार व्याख्या गरिएको छ । धार्मिक भ्रमद्धारा दशैंलाई जसरी दर्साइन्छ त्यस्तो त विलकुल हुँदै होइन । रावण माथी रामको विजय वा असुर माथी देवीको विजय जस्ता किम्वदन्ती भनेको काल्पनिकतामा समाजलाइ धकेलेर भ्रमित समाजमाथी अमुक शासकले शासन गर्ने तरिका मात्रै हो ।

 

यदि कुनै समय रामायण काल थियो नै भनेपनि दशैं त्यो भन्दापनि पछि विशेषगरि कृषियुगमा प्रवेश गरेपश्चात यो पर्व मनाइने गरेको तथ्यहरुको नजिक भौतिकवादीहरु पुगेका छन् । उसो त दशैं मात्रै होइन, नेपालमा विविध जातिहरुले मनाउने पर्वहरु समेत कृषि कर्मसंग नै अधिक मात्रामा जोडिएर आएको छ । बरु सामान्य कृषकहरुले मान्ने यस संस्कृतिमाथी विभिन्न कालखण्डमा विभिन्न शासकहरुले जनताको पराम्परागत मनोविज्ञान मा त्रासदिपूर्ण कथा घुसाएर दाष मानसिकता रोप्ने र आफ्नो मनोवैज्ञानिक तागतलाइ अझ वढाउने मनसायले पाप र धर्म तथा धर्मात्मा र पापीहरुको परिकल्पना गरेका थिए भन्ने अनुमानपनि वढि भन्दा वढि सत्यको नजिकै छ । 

डरलाग्दो कुरा दुर्गाभवानीले कमरेडहरुको रक्षा गरुन भन्ने अवस्थासम्म पुग्दापनि हामी हाम्रो संस्कृतिमा मिसाइएको धर्मवाला भ्रमको बारेमा केहीपनि प्रश्न गर्ने हैसियत राख्दैनौं । र हामी कसैले यो विजयदशमी खासमा को माथीको विजय थियो ? खोज गर्ने झन्झट लिंदैनौं ।  कतै शक्तिशालि कुनै शासकले निर्वल जनतामाथी विजय गरेको उत्सव त हामी मनाइरहेका छैनौ ?, कतै कुनै आगन्तुक जातिले रैथाने किसानहरु माथी विजय गरेर भएको विजयमाथी पो रमाइरहेका छौं कि ? प्रश्नहिन हामी भौतिकवादीहरु शुभ (राम्रो) चैं केवल कामना ( प्राथना ) गरेर प्राप्त हुन्छ कि भन्ठान्दै शुभकामना व्यक्त गर्न हतारिरहेका हुन्छौं । 

दशैं तिहारमा गरिने क्रियाकलापहरु जस्तै अन्नहरुबाट उमार्नै जमराको माला, पाति, चामलको टिका, रुखमा डोरि झुण्डाएर खेलिने पिङ, तथा तिहारमा हरेक जनावरहरुलाइ गरिने सम्मान, बालि भित्र्याउनु अघि खेलिने देउसि भैलो र अन्न भरिपूर्ण हुने विश्वासमा देउसे भैलोलाइ गरिने कात्तिके दान जस्ता संस्कृति कृषकहरुले निर्माण गरेको संस्कृति हुन भन्न सकिने तथ्यगत आधार हुन् ।

यद्यपी दशैं मात्र होइन अधिक नेपाली संसकृतीको भौतिकवादी अध्ययन विलकुल पुगेको छैन । जति भएका छन् त्यसको खोजी होइन बरु किम्वदन्तीकै तर्कहरुमा सिमित गरेर आफ्ना सोधलाइ पुरा गर्ने संस्कृतिविधहरुको वाहुल्यता थपिदै छ । यस सन्दर्भमा ऐतिहासिक तथा द्धन्दात्मक भौतिकवादी खोज विशेषगरी आजका कम्युनिष्ट भनिएका भौतिकवादीहरुले अनिवार्य गर्नुपर्ने प्रमुख कार्यसुचि मध्यको काम हो । 

तर जबजब दशैं आउछ कम्युनिष्ट नेता कार्यकर्ताका शुभकामनावाला कार्यक्रमले उनीहरुको वेफुर्सद अत्याधिक वढाइदिन््छ । सिरानमा देवीले भाला हानिरहेको ‘दानव’को तस्विर वा रावणमाथी रामले विजय गरेका संकेत सहितका मुल्यवान कार्ड छपाउने र बाँढ्ने काममा हैसियत अनुसार प्रतिस्पर्धा चल्छ ।  स्थानिय नेताका आर्थिक पाओर तामझाम सहितका कार्यक्रम आयोजना तथा खानपिनको व्यवस्था गरेर देखाउने प्रयत्न गरिन्छ ।

कार्यक्रममा जम्मा भएका जनसंख्याको आधारमा त्यस कार्यक्रमको सफलता असफलता मापन गरिन्छ । यसरी हेर्दा यावत कर्म परम्परागत संस्कृतिमा कम्युनिष्टहरुले थपिदिएका राजनैतिक संस्कार बन्ने प्रकृयामा जवरजस्त वढ्दै छ । यसखाले कार्यक्रमहरुमा धेरै कार्यकर्ता र कतिपय नेतालेपनि भन्न भ्याई हाल्छन् ‘दुर्गा भवानीले सवै कमरेडहरुको रक्षा गरुन । विजया दशमीको हार्दिक शुभकामना ।’

डरलाग्दो कुरा दुर्गाभवानीले कमरेडहरुको रक्षा गरुन भन्ने अवस्थासम्म पुग्दापनि हामी हाम्रो संस्कृतिमा मिसाइएको धर्मवाला भ्रमको बारेमा केहीपनि प्रश्न गर्ने हैसियत राख्दैनौं । र हामी कसैले यो विजयदशमी खासमा को माथीको विजय थियो ? खोज गर्ने झन्झट लिंदैनौं ।  कतै शक्तिशालि कुनै शासकले निर्वल जनतामाथी विजय गरेको उत्सव त हामी मनाइरहेका छैनौ ?, कतै कुनै आगन्तुक जातिले रैथाने किसानहरु माथी विजय गरेर भएको विजयमाथी पो रमाइरहेका छौं कि ? प्रश्नहिन हामी भौतिकवादीहरु शुभ (राम्रो) चैं केवल कामना ( प्राथना ) गरेर प्राप्त हुन्छ कि भन्ठान्दै शुभकामना व्यक्त गर्न हतारिरहेका हुन्छौं । 

नेपालको संविधान २०७२ अनुसार देश धर्मनिरपेक्ष राष्ट्र हो । यद्यपी संसारमै नभएको निरपेक्षताको उल्टोपाल्टो परिभाषा संविधानमा दिन सक्ने राजनैतिक जनप्रतिनिधी पनि यहि देशका हुन् । तथापी देश धर्मनिरपेक्ष राष्ट्र नै हो । तर संस्कृति निरपेक्ष होइन । माथीपनि उल्लेख गरिसकिएको छ संस्कृति भौतिक इतिहास हो । संस्कृतिको भौतिक इतिहास माथी धर्मले (भ्रम) ले कव्जा गरेको हो ।

हामी धेरैलाई लाग्छ, हामीले पर्वहरुलाइ मनाउँदा संस्कृतिको जगेर्ना हुन्छ । वर्तमान सन्दर्भमा हामी  संस्कृति जोगाउने नाममा जे गरिरहेका छौं त्यसले संस्कृतिको नाममा वजारीकरण भैरहेको तथ्यप्रति आँखा चिम्लिएका छौं वा हामीलाइ पुँजीवादी बजारको धतुरोले लठ्याएको छ । सामान्य हिसाव गर्दापनि शुभकामना कार्ड छाप्न एकजना कमरेडको कम्तिमा दश हजार खर्च हुन्छ नै ( मैले यसकारण कमरेडहरु भनिरहेको छु कि कमरेडहरु नै भौतिकवादी हुन ) ।

मलाइ लाग्छ देशभरी पाँच हजार कामरेडहरु यो काम गर्ने हैसियत राख्छन् । यसरि हेर्दा कम्तिमा ५० लाख रुपैयाँ नेकपाका नेता नेता कार्यकर्ताले कार्डको नाममा बजारमा खर्च गर्छन् । त्यहि कार्यक्रममा कुनै व्यक्तिको आर्थिक अवस्था कति कमजोर छ भन्ने बेवास्ता हुन्छ । कहिं कतै देखिन खोज्ने सहयोगका याचनालाइ लाजको रुपमा व्यक्त हुने भएको छ । यस बाहेक शुभकामना कार्यक्रममा प्रयोग हुने खादा, त्यसमा प्रयोग हुने साधनहरु लगायतका खर्च गर्ने वातावरण वजारले निर्माण गरिरहेको छ । समाजमा त बजारको जरा झन डर लाग्दो छ । लवाइ–खुवाइ, खानपान सवै पुँजीवादी वजारले निर्धारण गरिरहेको छ । यस्तो लाग्छ तिज आएपछि सवैभन्दा धेरै मज्जा कम्युनिष्ट महिलालाइ र दशैं तिहार कम्युनिष्ट नेता कार्यकर्तालाइ नै लाग्ने गरेको छ । तर संस्कृतिमा आइपरेको वजारिकरण र  विकृतिको बारेमा अध्ययन अनुसन्धानमा एकपल पनि ध्यान जान सकेको छैन । 

नेपालको संविधान २०७२ अनुसार देश धर्मनिरपेक्ष राष्ट्र हो । यद्यपी संसारमै नभएको निरपेक्षताको उल्टोपाल्टो परिभाषा संविधानमा दिन सक्ने राजनैतिक जनप्रतिनिधी पनि यहि देशका हुन् । तथापी देश धर्मनिरपेक्ष राष्ट्र नै हो । तर संस्कृति निरपेक्ष होइन । माथीपनि उल्लेख गरिसकिएको छ संस्कृति भौतिक इतिहास हो । संस्कृतिको भौतिक इतिहास माथी धर्मले (भ्रम) ले कव्जा गरेको हो । राज्य धर्म निरपेक्ष भएको कारण संस्कृतिलाइ धर्मबाट मुक्त गर्ने राज्यको प्रमुख उत्तरदायीत्व हो ।

वहुसंस्कृति भएको देशमा हरेक संस्कृतिप्रति सम्मान र समभावको श्रृजना राज्य र राजनैतिक दल यसमा पनि विशेषगरी नेकपाले गर्नुपर्छ । तर हामी बडा ल्होछार, बडा मागी, बडा छठ, बडा इद, बडा क्रिसमस केही भन्दैनौं बरु भन्छौं केवल बडा दशैं । मौका परे आजभोली ‘कम्युनिष्ट क्रान्तिकारी’ महिलाहरुले महान तीज भन्न थालेका छन् । तर दशैं मात्रै बडा होइन र हुँदैन ।

यसअनुसार भन्ने हो भने धार्मिक कृयाकलापमा सरकारको प्रत्यक्ष सहभागिता हुनुपनि संविधान विरोधी कर्म हो । संविधानतः धर्मको मामला जनताको स्वतन्त्रताको विषय अन्तर्गत पर्न जान्छ । यसमा राज्य निरपेक्ष (तटस्थ) रहनुपर्छ । समर्थन वा असमर्थनबाट राज्य मुक्त हुनुपर्छ । बिभिन्न धार्मिक समुदाय स्वतन्त्र रहन्छन् । कुनै नेता वा सरकारका प्रतिनीधिलाइ त्यस्ता समुदायले आफ्ना सभाहरुमा बोलाउनु र  सहभागी गराउनु दोश्रो कुरा हो । कहिलेकहीं जनताले आयोजना गरेका धार्मिक कर्ममैपनि राजनैतिक व्यक्तिहरुलाई सहभागि हुनपर्ने बाध्यता आइपर्न सक्छन् ‘कम्प्लेक्स पोलिटिक्स’मा ।

तथापी एक भौतिकबादी हुनुको नाताले हरेक नेता तथा कार्यकर्ताले आफ्नो घारणा उनीहरु स्वयंले आयोजना गरेको कार्यक्रममा समेत स्पस्ट गर्न सक्नुपर्छ । जसका कारण थोरैभएपनि अन्धविश्वासी सोचहरुमा बदलाव आउन सक्छ । चुनावबादी कुत्सित मनसाय राखेर ‘उनीहरुको भावनामा कतै ठेसपो लाग्छ कि’ भन्ठान्दै जहाँ वज्छ मादल त्यहिं खुट्टा हल्लाएर नाँच्नु राजनैतिक व्यक्तिहरुको ठाडो वेइमानी हो ।

साथै संस्कृतिको भौतिकबादी परिभाषा बिना आफैं तामझामपूर्ण आयोजक बन्नु र अलौकित शक्तिसंग शुभ होस भनेर कामना गर्नुले त झन् आफ्नै सिद्धान्तको धज्जीमात्र उडाउदैन, आत्मबद्धता माथी नै धोका हुन जान्छ । वास्तबमा ‘शुभ’ (राम्रा)े प्राथना (कामना) गरेरमात्र पुरा हुने अन्धविश्वासी बस्तु होइन । सिंगै देशले बामपन्थी सरकारमाथी शुभ प्राप्त होस भनेर कामना गरीरहेको छ यतिबेला । उनीहरुको लागी सानु भएपनि परिणाममुखी कर्म गर्नुले शुभ ल्याइदिन्छ । 

आजकै कुरा गर्दा दशैं कै सन्दर्भमा पनि चाहे हामी टिका लगाउँ वा नलगाउँ तर टिका यसकारण लगाएको हो भन्ने कुरा टिका लगाउनेलाई पनि भन्ने प्रयत्न गरौं र आर्सिवाद थाप्नेलाइ पनि । आसिर्वादको परिभाषालाइ वदल्ने प्रयत्न गरौं । बजारको नियन्त्रणबाट आफुलाइ र सक्ने जतिलाइ मुक्त गराउने प्रयत्न गरौं । हाम्रो संस्कृतिलाइ अझ धेरै प्रगतिशिल र जीवन उपयोगी बनाउने प्रयत्न गरौं ।

अन्तमा वहुसंस्कृति भएको देशमा हरेक संस्कृतिप्रति सम्मान र समभावको श्रृजना राज्य र राजनैतिक दल यसमा पनि विशेषगरी नेकपाले गर्नुपर्छ । तर हामी बडा ल्होछार, बडा मागी, बडा छठ, बडा इद, बडा क्रिसमस केही भन्दैनौं बरु भन्छौं केवल बडा दशैं । मौका परे आजभोली ‘कम्युनिष्ट क्रान्तिकारी’ महिलाहरुले महान तीज भन्न थालेका छन् । तर दशैं मात्रै बडा होइन र हुँदैन ।

एउटालाइ बडा भन्दा अरु छोटा हुन्छन् भन्ने सोंच ‘वहुसंस्कृति र वहुजातियताले धनाध्य हाम्रो देश हो’ भनेर भाषण गर्नेहरुले विशेष ख्याल राख्नैपर्छ । निश्चयपनि हामी प्रकृति वा मानव वसोवास र यसको परम्पराहरुले असाध्य धनि छौं । साथसाथै यहि विविधतामा भएको डरलाग्दा भ्रम र मान्यताहरुले हामीलाइ कमजोर पनि बनाएको छ । हामीले आफु आफुमा, एक अर्कामा, जाती जनजातीहरुमा, समाज समाजमा विभेदका डरलाग्दा जंगलहरुपनि यहि कारण खडा गरेका छौं । यसको एउटै कारण हाम्रो परम्परा (संस्कृति) माथी विभिन्न शासक ( ती कोही धर्म नाम लिएर आए वा अन्य ) हरुले आफ्ना स्वार्थका भ्रमहरु मिसाएर अन्ततः भ्रमलाई नै शास्त्र वनाए । यसको जरासम्म जाने प्रयत्न केवल कम्युनिष्ट र भौतिकवादीहरुकै हो ।

संस्कृतिलाइ आध्यात्मवादी भ्रमवाट वँचाउने दायीत्वपनि हाम्रै हो । यसर्थ जो कोही कुनैपनि कर्म गर्नको लागि प्रतिवन्धित हुँदैन÷छैन । आजकै कुरा गर्दा दशैं कै सन्दर्भमा पनि चाहे हामी टिका लगाउँ वा नलगाउँ तर टिका यसकारण लगाएको हो भन्ने कुरा टिका लगाउनेलाई पनि भन्ने प्रयत्न गरौं र आर्सिवाद थाप्नेलाइ पनि । आसिर्वादको परिभाषालाइ वदल्ने प्रयत्न गरौं । बजारको नियन्त्रणबाट आफुलाइ र सक्ने जतिलाइ मुक्त गराउने प्रयत्न गरौं । हाम्रो संस्कृतिलाइ अझ धेरै प्रगतिशिल र जीवन उपयोगी बनाउने प्रयत्न गरौं ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'राष्ट्रपति सीकाे भ्रमण : सगरमाथाकै उचाईमा सम्बन्ध स्थापित'

  • २८ असोज, २०७६

महामहिम चिनिया राष्ट्रपति सी चिनपिंगको नेपाल भ्रमणको विषयमा केन्द्रित हुन चाहान्छु । सबभन्दा पहिला म के निवेदन गर्न चाहन्छु भने हाम्रो निकट र

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय सुरु

  • २६ असोज, २०७६

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले २३ वर्षपछि गर्नुभएको नेपालको राजकीय भ्रमणबाट दुई  देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ भने

नेपाली जनता केरुङ– लुम्बिनी रेलमार्ग हेर्न इच्छुकः राष्ट्रपति विद्यादेवी भण्डारी (मन्तव्यको पूर्णपाठ)

  • २६ असोज, २०७६

महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस