• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रुसी राष्ट्रपति पुटिनसँग ऊर्जामन्त्री पुनको भेट

रूस। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । मस्कोमा आयोजित ईनर्जी विक २०१९ मा सहभागि हुन रुसमा रहेका मन्त्री पुन र राष्ट्रपति पुटिनबीच भेटभएको पुनको स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले जानकारी दिए ।

रुस भ्रमणका क्रममा मन्त्री पुनले रसिया–नेपाल मैत्री संघका अध्यक्ष, रसियन समकक्षी, रसियामा रहेका गैर आवासीय नेपाली तथा रसियन लगानीकर्तासँग अन्तरक्रिया गरेका छन् । नेपालमा ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी भित्र्याउनका लागि उनले आव्हान समेत गरेको चापागाँइले बताए । भेटका क्रममा मन्त्री पुनसँगै रसियास्थित नेपाली राजदूत  ऋषि राम घिमिरेलगायत सहभागि थिए ।

रसियान लगानीकर्ताहरु नेपालको ऊर्जाको क्षेत्रमा लगानी गर्न उत्सुक देखिएको मन्त्री पुनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर