• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

आफ्नै गाउँ फर्किएकाहरुको उत्साह, भारतमै पुगेर रिपोर्टिङ्ग गर्दाको अनुभव

वडादशैं सबैको घरघरमा भित्रिसकेको छ । अहिले देशका बिभिन्न नाका हुदै मजदुरीका लागि भारत गएकाहरु घर फर्कने क्रममा छन् । नाकामा बसेर दृष्य हेर्दा मात्र थाहा हुन्छ कति बाक्लो संख्यामा नेपालीहरु मजदुरीका लागि भारत पुग्दा रहेछन् भन्ने ।

      काम बिशेषले पूर्वी नाका काकडभिट्टा पुगेको थिए । त्यहा नेपाल प्रबेशद्धारमा बसेर केहिक्षण आफ्नै गाउ फर्की आएकाहरुको लर्को हेर्दा हेर्दै नेपाली चलचित्र सिमानाको एउटा गित मेरो मानसपटलमा गुञ्जियो, आफ्नै गाँउ फर्की आए, मिठा मिठा सपना ल्याए भन्ने । लगत्तै भारतबाट नेपाल भर्खरै प्रबेश गरेका एक अधबैंशे पुरुषसँग गफनै गर्न मन लाग्यो र नजिक पुगे ।

तनहु घर भई आसामको डिब्रीगढमा एक अस्पतालमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने उनी थिए जंगे अर्थात जंगबहादुर पौडेल । उनीसँग गफिन थाले म । उनले आफु भारत गएको ८ बर्ष भएको सुनाउदै थिए । गफ गर्दै हामी नजिकै रहेको चिया पशलमा पुग्यौं । चिया सुरुप्प पारेर उनलाई आफ्नो परिचय दिए अनि यहि बिषयमा रिपोर्टीङ्ग गर्न मन लागेर यहा आएको सुनाए । उनले यहा के गर्नुहुन्छ र ? जानुस् न एनजीपी स्टेसन ।

उनले भनेको सुन्ने बित्तीकै उनकै सुझावमा म आफ्नै गाउँ फर्की आउनेहरुको उत्साह हेर्न लागे भारतको दार्जेलिङ जिल्लामा अवस्थित न्यू जलपाईगुढी रेलवे स्टेसन तर्फ । साझ पर्नै लागेको थियो । इप्रका काकडभिट्टामा मोटरसाईकल थन्क्याएर सिटि सफारीमा बन्दै गरेको नयाँ मेची पुल हेर्दै पुरानै मेची पुल पारी पानीट्याङ्की पुगे । त्याहाबाट एउटा लोकल बसमा म हान्निए एनजीपी तिर । रातको ८ बजीसकेको थियो एनजीपी पुग्दा । प्लेटफर्मको टिकट काट्नु पर्दो रहेछ त्यहा भित्र जान । नत्र चेकिङमा परे जरिवाना तिर्नुपर्ने रहेछ  । १० रुपैयाको टिकट काटेर म वेइटिङ रुममा पुगे ।

कोही आफन्तलाई बिदाई गर्दै थिए त कोही आफन्त पर्खीरहेका । लमजुङका कमल घले भारतीय आर्मी रहेछन् । उनी बिदा मनाउन नेपालमा आफ्नो घर आएका रहेछन् तर उनको बिदा सक्किएपछि उनी दशैंको मुखैमा आफ्नो कार्यस्थल फर्कदै थिए । उनलाई बिदाई गर्न उनकी श्रीमती र भाई प्लेटफर्ममै पुगेका थिए । उनीहरुको ट्रेन रहेछ पौने १० बजेको । जब माईकमा उनको ट्रेन प्लेटफर्ममा आईरहेको जानकारी सुनाईयो । उनी गहभरी आशु पार्दै श्रीमती र भाईसँग छुट्टीए ।

केहि बेरमै भारी बर्षा भयो । यस्तो लाग्यो कि यो बर्षा आफन्त बिदाई गर्नेको आशु हो अनि आफन्तको स्वागतमा बसेकाहरुको हर्षको आशु हो जस्तो । करिब ११ बजेको समयमा अर्को ट्रेन आयो । यो चाही ब्याङलोरबाट आएको रहेछ । प्रायः धेरै नेपालीहरु रहेछन् प्राय डिब्बाहरुमा पनि । ति मध्येका केहिसँग गफ गर्न मन थियो मेरो किनभने म यहाँ आफ्नै गाउ फर्की आउनेहरुको उत्साहको समाचार संकलनका लागि  पुगेको थिए । झापा चन्द्रगढीका गोबिन्द फुँयाललाई लिन पुगेका उनका कान्छा भिनाजु बलराम दाहाल हात हल्लाउदै आफ्नो सालोको स्वागत गरिरहेका थिए । म पनि उनैतिर सोझिए । गफ गर्न मन लाग्यो अनि उनको अनुहारमा देखिएको उत्साहबाटै सुरु गरे । कस्तो लागिरहेको छ आफ्नै गाउँ फर्की आउँदा ? उनले निक्कै सानसँग भने, यहाभन्दा खुसी हुने ठाउनै छैन । ५ बर्षदेखी आफ्ना बुवाको हातको टिका थाप्न नपाएका उनी यस बर्षको यो अवसरलाई कहिल्यै नभुल्ने बताउदै थिए ।

यस्तै बुटवलको एक गाउमा घर भएका कालिप्रसाद कुँवरपनि कम उत्साही थिएन् । उनको त झन् घरमा लक्ष्मीको आगमन भएको बर्षसमेत रहेछ यो । उनले आफ्नी छोरीको अनुहार समेत देख्न पाएका रहेनछन् । उनीपनि निक्कै उत्साहीत हुदै भन्दै थिए, यस बर्षको दशैं मेरो लागि त डबल मज्जा जस्तै भएको छ ।

अहिले भारतको न्यू जलपाईगुढी रेलवे स्टेसनमा प्राय नेपाली बढी भेटिदा रहेछन् । भारतको बिभिन्न स्थानमा मजदुरीका लागि गएकाहरु फर्कने क्रममा यतैबाट आउदा रहेछन् ।

सिमामा भने सकस

रातभर प्लेटफर्ममै रिपोर्टीङ्ग गर्दै बित्यो । एकाबिहानै ४ बजेनै पानीट्याङ्कीका लागि यात्रु बस छुट्यो । ६ नबज्दै पूर्वी नाका आईपुगियो । बल्ल ६ बजे नाका खुल्यो । त्यसपछि सुरु भयो तमाशा । भारत तर्फ कडा चेकिजाँच । बल्ल बल्ल भारतीय प्रहरीलाई मनाएर नेपाल प्रबेश गर्यो नेपालमा बसेका शसस्त्र प्रहरीको दादागिरी शैली । बर्षौपछि घर फर्केर आउदा सबैले आश गर्छन, के ल्याईदिएछ भन्दै खोज्न आउँछन् । धेरै नभएपनि आफन्त र नजिकका साथीका लागि एउटा सामान्य कपडा ल्यायो । त्योपनि चोरेर ल्याएको जस्तो ब्यबहार गर्छन । चन्द्रगढीकी बिमला दाहाल गुनाशो गर्दै थिइन् ।

 

हुनपनि यस्तै ब्यबहार । झोला खोतलेर हैरान । एक ठाउमा भए पो । ठाउ ठाउमा । आफ्नै गाउँ फर्की आउनेहरुको भारतमै भेट्दाको उत्साह आफ्नै देशमा प्रबेश गरेपछि सबै हराउदै जान्छ । आफ्नै बाट ठगिने, हप्काई खाने र लुटिनेसम्मका हर्कत हुन्छन् । यो समस्या आजदेखीको भने हैन । बर्षैपिच्छे यस्तै चल्छ नाकामा । तर सरोकारवाला जहिल्यै तै चुप मै चुप । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर