• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 04:11 am

कृषि प्रविधि गाउँ गाउँमा पुर्याउँदै नेपाल एग्रो

फाइल तस्बिर

चितवन । कृषि उत्पादन बृद्धि गर्न स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोगले बढी प्रभाव पार्ने गर्दछ ।

विशेषगरी कृषकलाई प्राविधिक सहयोग दिन सकियो भने बढी लाभ लिन सकिने भएकोले त्यसतर्फ बढी ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ । 

प्रविधिको अभावमा धेरै मेहनत गरेर थोरै उत्पादन लिन कृषक बाध्य भएको सन्दर्भमा उपरोक्त कार्यक्रम र प्रविधिको उपयोग गरे कृषक बढी लाभान्वित हुन सक्नेछन् । 

सोही अनुरुप ललितपुरको नखिबोटमा रहेको नेपाल एग्रो लाइभले कृषिका आधुनिक प्रविधि गाउँगाउँमा पु¥याउँदै आएको छ । उच्चतम् प्रविधिको प्रयोग गरी थोरै लगानीमा धेरै उत्पादन गर्न कृषकलाई सहयोग गर्दै आएको छ । 

एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेका अनुसार संस्थाले स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोग गर्दै आएको छ । ‘कृषि उत्पादन बढाउन कृषिका विभिन्न उद्यानको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने काम पनि गर्दै आएका छौ,’ उनले भने ।

थोपा सिँचाइ, छाप्रो प्रविधि, टनेल प्रविधि जस्ता आधुनिक प्रविधिका बारेमा कृषकलाई ज्ञानसमेत संस्थाले दिँदै आएको छ । आधुनिक यन्त्र विदेशबाट झिकाएर कृषकसम्म पु¥याउने काम पनि गर्दछ । विसं २०७३ मा स्थापना भएको यस संस्थाले हालसम्म एक लाखभन्दा बढी कृषकलाई प्राविधिक सहयोग गरेको जनाएको छ । संस्थाले सरकारी र गैरसरकारी संस्थासँग समन्वय गरी प्रविधि कृषककोमा पु¥याउँदै आएको छ । 

कुन उद्देश्यका लागि कस्ता यन्त्र आवश्यक पर्छ भन्ने बारेमा कृषकलाई बुझाएर कृषि कर्ममा सहजीकरण गर्ने गरेको  छ । प्राविधिक जेटिए राखेर नयाँ प्रविधिबाट खेती गर्न सिकाउनुका साथै सरकारी र गैरसरकारी सङ्घसंस्थाका कर्मचारीलाई प्रविधिसम्बन्धी तालीमसमेत दिँदै आएको छ । 

कृषकलाई प्रदर्शन गर्न ललितपुरको मुनाकोठीमा १० रोपनीमा बेमौसमी तरकारी खेती गर्दै आएको छ । देशका सातवटै प्रदेश र जिल्लारुमा कृषककै बारीमा प्राविधिक सहयोग गरी उन्नत प्रविधिबाट खेती गराइँदै आएको छ । गैँडाकोट, बर्दघाट, लालबन्दी, मेची नगरपालिका, धनगढी, दाङलगायतका ठाउँका कृषकलाई प्राविधिक सहयोग गरी तरकारीखेती गर्न लगाइएको छ । 

प्रमुख कार्यकारी अधिकृत गैरेले भने, ‘हामी कृषकलाई प्राकृतिक प्रकोपबाहेकका जिम्मेवारी लिएर तरकारी उत्पादन र बजारीकरण गर्न सहयोग पु¥याउँछौँ ।’  निर्वाहमुखी कृषिलाई व्यवसायी बनाउने संस्थाको मुख्य उद्देश्य रहेको एग्रो लाइभका सार्थक गैरेको भनाइ छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु

  • २५ मङ्सिर, २०७६

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो

पूँजी बजारमा रौनक, १५२ कम्पनीको सेयर भाउ बढ्दा सर्वाधिक गुमाउनेमा युनिलिभरका लगानीकर्ता

  • २५ मङ्सिर, २०७६

काठमाडौं । पुँजी बजारमा उत्साह देखिएको छ । नेप्से सुचक तथा कारोबार रकम दुुबै बढ्दा लगानीकर्ताहरु आशावादी देखिएका छन् । बुधबार नेप्से परिसूचक दोहोरो

मजदूरले बन्द गराए सिमेन्ट उद्योग, आज पनि प्रदर्शन जारी

  • २५ मङ्सिर, २०७६

काठमाडौं । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग