• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

बिनोद भण्डारीको अर्धशतकिय इनिङ्समा नेपालद्वारा हङकङ पराजित

काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो । १ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा बिनोद भण्डारीले ५८ रनको शानदार अर्धशतकिय इनिङ्स खेले ।  सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको ईनिङ्स आरिफ शेख र बिनोद भण्डारीले उकासेका थिए । आरिफ २१ रनमा आउट भए । बिनोदले नटआउट ५८ रन बनाए । ४८ बल खेलेका बिनोदले ४ चौका र ३ छक्काको मदतले सो रन खडा गरेका थिए ।
ओपनर पारस खड्कालाई शुन्य रनमा गुमाएपछि नेपाली टिम दबाबमा आएको थियो ।

अर्का ओपनर पवन सरार्फलाई १० मा गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी ६ र रोहित पौडेल ५ रनमा आउट भएका थिए । सोमपाल कामीले १३ रन जोडेका थिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।

हङकङका लागि वाकस बर्कातले सर्वाधिक ३७ रन बनाए । यस्तै किन्चित साहले ३१ तथा निजकात खानले २३ रन बनाए । नेपालका करण केसीले ३६ रन खर्चेर ४ विकेट लिए । अविनास बोहराले १ विकेट लिए । नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग सोमबार खेल्नेछ । यस्तै आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर