• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

२ खेलाडीले रातो कार्ड पाएपनि बार्सिलोनाले सेभिल्लालाई ४–० ले हरायो

स्पेनिस ला लिगा फुटबलमा नौ जना खेलाडीमा झरेको बार्सिलोनाले सेभिल्लालाई ४–० गोल अन्तरले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुईस स्वारेज, अर्तुरो भिडाल, उसमान डेम्बेले र लियोनल मेस्सीले समान एक एक गोल गरे ।

खेलको २७ औ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३२ औ मिनेटमा भिडालले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

डेम्बेलेले ३५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३–० ले अघि राखे ।

७८ औ मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गर्दै बार्सिलोनालाई ४–० को शानदार जित दिलाए ।

बार्सिलोनाबाट डेब्यु गरिरहेका रोनाल्ड अरुजो र डेम्बेले रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।

खेलको अन्तिममा अरुजाले ८७ औ र डेम्बेलेले ८८ औ मिनेटमा रातो कार्ड ब्यहोरेका थिए । बार्सिलोना ८ खेलबाट १६ अंक जोड्यो । बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा मात्र दुई अंकले पछाडी रह्यो । सेभिल्ला १३ अंक सहित छैटौ स्थानमा रह्यो ।

एट्लेटिको १५ अंक सहित तेस्रो स्थानमा उक्लियो । भालाडोलिड १० अंक जोड्दै तालिकाको १३ औ स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर