• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

साउथह्याम्टनमाथि चेल्सीको प्रभावशाली जीत, आर्सनलको कठिन जीत

प्रिमियर लिगमा चेल्सीले साउथह्याम्टनमाथि चार एकको प्रभावशाली जीत निकालेको छ । साउथह्याम्टनलाई उसकै मैदानमा हराउने क्रममा चेल्सीको जितमा अब्राहम, मोउन्ट, कान्छे र बात्सुईले एक एक गोल गरे ।

तािलकाको पाँचौ स्थानमा पुगेको चेल्सीले खेलको १७ औं मिनेटमा टोमी अब्राहमको गोलमा अग्रता बनायो । त्यसपछि २४ औं मिनेटमा विलियमको पासमा मोउन्टले गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे ।तर ३० औं मिनेटमा इग्सले साथउह्याम्टनका लागि गोल गर्दै खेल दुई एकमा पुर्याएका थिए । तर ४० औं मिनेटमा कान्टेले चेल्सीलाई तीन एकले अगाडी राखे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको चेल्सीले अन्तिम समयमा चौथो गोल थप्यो । उसका लागि बात्सुईले गोल गर्न सफल भए ।

यो जीतले चेल्सीको आठ खेलमा १४ अंक भएको छ । साथै उनले चौथो स्थानमा उक्लन सफल भएको छ ।
यस्तै लिगमा आर्सनलले बर्नमाउथमाथि एक शुन्यको कठिन जित निकालेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले बर्नमाउथलाई एक शुन्यले हरायो । लिगमा चौथो जित निकाल्ने क्रममा आर्सनलका लागि एकमात्र गोल डेवीड लुइजले गरे । खेलको नबौ मिनेटमा नै पेपेको पासमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

एक गोलको अग्रता बनाएको आर्सनलले त्यसपछि पनि एक पटक पेनाल्टी पाएको थियो । तर भिएआरबाट सो पेनाल्टीलाई मान्यता दिइएन । यो जितले आर्सनलले आठ खेलमा १५ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर