• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 07:46 am

साउदी अरेबियामा १० दिनमा २४ हजार पर्यटक भित्रिए

रियाद । पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि दश दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ ।

साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो । 

साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको थियो । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ ।

तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधिकरण गर्ने उपायस्वरुप पर्यटन प्रबद्र्धनलाई अघि सारेको छन् ।  

साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएका छन् ।

विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटल समक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो । ‘पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन,’ विज्ञप्तिमा भनिएको छ । 

साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानुनमा सुधार गरी पर्यटन प्रबद्र्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो । साउदी अरेबियाले विगतमा मुस्लिम तिर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो ।

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्ध समेत ४९ मुलुकका नागरिकले अनलाइन ई–भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानुन विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियम अघि सारेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टाको अबधिमा १ हजार २७ जनाको मृत्यु

  • १४ जेठ, २०७७

काठमाडौं । पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमण फैलिरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २७ जनाको मृत्यु भएको छ ।  ब्राजिलमा हालसम्म २४

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

  • १४ जेठ, २०७७

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कोरोनाबाट ७७४ जनाको

ट्रम्पका भ्रामक र गलत ट्वीटमा ट्वीटरको फ्याक्ट चेक

  • १४ जेठ, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टुइटमा टुइटरले तथ्य जाँच्न थालेपछि उनमा नयाँ चुनौती थपिएको छ । ट्रम्पले ट्वीटर मार्फत लगातार