• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:17 am

नोबेल पुरस्कार घोषणा, जान्नुहोस् क–कसले पाउने भए भौतिकशास्त्र र चिकित्साशास्त्रबाट ? 

जेनेभा । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् । 

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ । विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, ‘दुबै स्वीस बैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।’

अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।

यसैगरी, सन् २०१९ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ ।उनीहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेबापत उक्त पुरस्कार दिइएको हो । रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन् । सन् १९०१ यता यो पुरस्कार ११०औं पटक प्रदान गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जापान आँधी अपडेट : मृत्यु हुनेको संख्या ५६ पुग्यो

  • २७ असोज, २०७६

टोकियो । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।  जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले

अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायतीको प्राथमिकता : महारानी एलिजावेथ

  • २७ असोज, २०७६

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई

रूसी राष्ट्रपति पुटिन साउदी अरब भ्रमणमा

  • २७ असोज, २०७६

रियाद । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आएका छन् ।  उनी अहिले साउदी अरबको राजधानी रियादमा रहेका साउदी प्रेस