• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 04:02 am

म्याग्दीमा भीषण असिना पर्यो, धानबालीमा ठूलो क्षति

म्याग्दी । म्याग्दीको बेनी नागरपालिका–२ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पु¥याएको छ । 

गौस्वाँरा, सानालेक, भकुण्डे क्षेत्रका खेतमा लगाइएको धानबाली असिनाले चुटेर क्षति पु¥याएको हो । पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि कृषक निराश भएका छन् । 

असी प्रतिशत धान असिनाले चुटेर भुइँमा झारेको वडाध्यक्ष हिराबहादुर थापाले बताए । ‘हावाहुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको छ’, थापाले भने, ‘सबै ठाउँमा पुगेर क्षतिको विवरण सङ्कलन गर्दैछौं’ । भकुण्डे धानबालीको पकेट क्षेत्र हो । धानका साथै तरकारी र अन्य फलफूलमा पनि असिनाले क्षति पु¥याएको छ । 

मङ्गलबार दिउँसो २ बजेदेखि करीब तीन घण्टासम्म लगातार भएको भीषण वर्षाका कारण जिल्लावासीको जनजीवन प्रभावित भएको छ । आफन्तकहाँ दशैँमा टीका र आशीर्वाद थाप्न जान हिँडेका सर्वसाधारण वर्षापछि विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा समस्यामा परेका हुन् । 

खोल्सामा आएको बाढी र पहिरो तथा हिलोका कारण बेनी–बरञ्जा, बेनी–भकिम्ली, बेनी–दरवाङ, बेनी–पाखापानी, सिमलचौर–कुहुँ, बेनी–भगवती, बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजका समाचार हाइलाइट्स १ कार्तिक, २०७६

  • १ कार्तिक, २०७६

अमेरिकी अनुदान सम्झौता महराका कारण संसदमा रोकिएको होईन–प्रचण्ड   सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्डले अमेरिका र नेपालबीच

ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा एकको मृत्यु

  • १ कार्तिक, २०७६

पाल्पा । पाल्पामा ब्रेक फेल भएको ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुवंर रहेको

राष्ट्रपति भण्डारीबाट भ्रमण वर्ष सफल पार्न  म्यान्माका नेपालीलाई आग्रह

  • १ कार्तिक, २०७६

म्यान्मा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण  वर्ष २०२० मा नेपाल भ्रमण  गर्न  र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न