सलमानको फिल्म ‘दबंग ३’ को पोस्टर सार्वजनिक 

एजेन्सी । सलमान खानको फिल्म ‘दबंग ३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सुदिपलाई देखाइएको छ । फिल्मको मूख्य भूमिकामा चुलबुल पाण्डे रहेका छन् । 

फिल्मको पोस्टर सार्वजनिक गर्दै सलमानले आफ्नो ट्वीटमा लेखेका छन् –‘भिलेन जति ठूलो हुन्छ  उसँग भिड्न उति नै मज्जा आउँछ । पेस छ दबंग ३ को बाली भूमिकामा किच्चा सुदिप । ’

सुदिप पोस्टरमा सुटबुटमा देखिएका छन् भने उनको पछाडी आगोको सिन देखाइएको छ । शनिबार मात्र फिल्मको सुटिङ सकिएको छ । फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका छन् फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ ।  
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर