इन्स्ट्राग्राम अकाउन्ट भएको प्रियंकाको कुकुर भाइरल 

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला न्युर्योकमा रमाइरहेकी छन् । उनले आफुले न्युर्योकमा गरेका हरेक कामहरुको तस्बिर सेयर गर्ने गरेकी छन् । 

उनले यो पटक सेयर गरेको तस्बिर भाइरल भएको छ । उनी भाइरल हुनुको कारण भनेको उनको लुक्स र उनीसँग रहको कुकुर हो । उनी न्युर्योकको एक कार्यक्रममा सहभागी भएकी थिइन् जहाँ उनले पालेको कुकुर डायना पनि सहभागी भएको थियो ।

कार्यक्रमको दौरान प्रियंकाले कुकुराई बोकेकी थिइन् साथै कुकुरलाई डोर्इरहेकी थिइन् । यो क्रममा उनीसँगै उनको कुकुर पनि भाइरल भएको छ । कुकर चर्चित मात्र भएको छैन् उक्त कुकुरको इन्स्ट्राग्राम एकाउन्ट पनि रहेको छ ।  जसमा लाखौँ फलोअर्स छन् । प्रियंकालाई यो कुकुर उपहार आएको हो तर पनि उनी कुकुराई धेरै माया गर्छिन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर