• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

टर्की विरुद्ध प्रतिरक्षा गर्न कुर्दहरुको आग्रह

क्वामिस्ली । सिरियाली उत्तरी प्रान्तहरुमा शासन गरिरहेका कुर्दहरुले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकहरुलाई आग्रह गरेका छन् । 

उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रहरुको प्रतिरक्षाका लागि लाग्न सर्वसाधारणहरुलाई आग्रह गरिरहेका अधिकारीहरुले जानकारी दिएका हुन् ।

हामीले सिरियाको उत्तरी र पूर्व भूभागहरुमा सिरियाली भूमिमाथि हुनसक्ने सम्भावित हमलाहरुका विरुद्धमा लाग्न र प्रतिरक्षा गर्नका लागि सबै नागरिकहरुलाई तीन दिनसम्म परिचालन गर्नेगरी कार्यक्रम बनाएका छौँ– एक विज्ञप्तिमा भनिएको छ । 

उनीहरुको विज्ञप्तिमा यो एक ऐतिहासिक अभियान भएकोले टर्कीको सीमा क्षेत्रमा रहेर प्रतिरक्षात्मक रुपमा सक्रिय रहन आग्रह गरिएको छ ।
 
उनीहरुले यो अभियान टर्कीसका लागि मात्र नभएर यहाँ रहेका सिरियाली नागरिकका लागि पनि भएको उनीहरुको भनाई छ । यो खासगरी उत्तरी सिरियाका कुर्दहरुका लागि पनि रहेको उनीहरुले बताएका छन् । 

टर्कीले सिरियाको उत्तरी भूभागलाई लक्ष गरेर आक्रमण गर्ने योजना बनाइरहेको भन्दै यसबाट हुनसक्ने सम्भावित क्षति कम गर्न आफ्नो देशको क्षेत्रको रक्षाका लागि सवै सर्वसाधारणलाई आग्रह गरिएको उनीहरुको भनाई छ । 
 
टर्कीले मङ्गलबार मात्र सिरियाको उत्तरी क्षेत्रतर्फ आक्रमण गर्न सकिने र यसका लागि थप सशक्त फौज पनि पठाउन सकिने बताएको थियो । त्यसपछि सिरियाली कुर्दहरुको यो आग्रह आएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर