• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तस्बिरमा प्रचण्डको निधार किन खाली ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दशैंको दशैंको रौनक फर्किएको छ । दशैंको टिका लगाउन प्रचण्डका छोरीहरु रेणु दाहाल र गंगा दाहाल आफ्ना सन्तानसहित खुमलटार आएसंगै प्रचण्ड निवासमा दशैंको रौनक बढेको छ । 

प्रचण्डको उपस्थितिमा उनीहरुलाई आमा सीता दाहालले टिका र जमरा लगाइदिइन् । प्रचण्डकी कान्छी छोरी गंगा दाहालले टिकाटालोका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । तस्वीरमा प्रचण्डको निधार खाली देखिन्छ भने उनी आफैंले कसैलाई टिका लगाइदिएका पनि छैनन् । साथै प्रचण्डकी बुहारी तथा खानेपानीमन्त्री विना मगर पनि अनुपस्थित छन् । 

जनयुद्धमा गएदेखि प्रचण्ड र तत्कालिन माओवादी नेताहरुले घोषितरुपमा दशैं बहिष्कार गरेका थिए । शान्ति प्रक्रियामा आएपछि पनि लामो समयसम्म प्रचण्डले टिका लगाएनन् । २० वर्षपछि २०७४ सालमा प्रचण्डको निधारमा विजयादशमीको टिका परेको थियो । त्यतिबेला प्रचण्डले परिवारका सदस्य र आफन्तलाई पनि टिका र जमरा लगाइदिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर