• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वकप छनोट : नेपालको पोष्टमा अष्ट्रेलियाको ५ गोल

अष्ट्रेलिया । विश्वकप छनोट फुटबल प्रतियोगितामा नेपाल अष्ट्रेलियासंग पराजित भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल ५–० गोल अन्तरले पराजित भयो । 

पहिलो हाफमा ३–० गोलले पछि परेको नेपालले दोश्रो हाफमा थप २ गोल खायो । अष्ट्रेलियाका लागि ९ नम्बरका स्ट्राइकर म्याकलनले ह्यट्रिक पुरा गरे ।

सुरुवाती छैटौं मिनेटमै पहिलो गोल खाएको नेपालले खेल अबवधिभरी राम्रो मुभ बनाएर आक्रमण गर्न सकेन । शारिरिक रुपमले समेत बलिया अष्ट्रेलियाली खेलाडीका अघि नेपाली खेलाडी प्राविधिक हिसावले समेत कमजोर देखिएका थिए ।

नेपाली टिमलाई नेपाली दर्शकको भने राम्रो समर्थन थियो । २५ हजार दर्शक अट्ने स्टेडियममा ८ हजारको हाराहारी नेपाली समर्थक पुगेका थिए । दर्शकहरुले नेपाल....नेपाल भन्दै समर्थन जनाएका थिए ।

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर