• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सिन्धुपाल्चोक बस दुर्घटना : उद्दारका लागि मन्त्री दुलाल हेलिकोप्टरसहित घटनास्थलमा 

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भोटसिपामा भएको बस दुर्घटनाको उद्दारका लागि प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकोप्टरसहित घटनास्थलमा पुगेका छन् । 

शुक्रबार बिहान भएको बस दुर्घटनाको उद्दारका लागि मन्त्री दुलालले आफ्नो प्रत्यक्ष पहलमा अन्य दुईवटा हेलिकोप्टर पनि पठाइसकेका छन् । दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगिसकेको छ भने अन्य ५० भन्दा बढी घाइते भएका छन् । 

घाइतेको उद्दारका हेलिकोप्टरमार्फत भइरहेको छ । नेपाल आर्मीको एम आई १७ जहाजमा मन्त्री दुलाल केहीबेरअघि मात्र घटनास्थल पुगेको उनका स्वकिय सचिव नवराज दाहालले जानकारी दिए । दाहालका अनुसार घाइतेको उद्दारका लागि मन्त्री दुलाल स्वयं आफू घटनास्थलमा पुगेका हुन् ।

याे पनि...सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत [नामावलि]

सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस आज बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गएकाहरुको सनाखत हुन सकेको छैन ।

बसमा ५० जनाको हाराहारीमा यात्रु सवार रहेको अनुमान प्रहरीको छ । कच्ची सडक तथा यात्रुहरुको चापका कारण बस सडकबाट तल खसेर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेपनि थप अनुसन्धान गरेपछि मात्रै कारण खुल्ने प्रहरीको भनाई छ । 

याे पनि... सात काण्डमा नेकपा : कसैप्रति नरम, कसैप्रति गरम !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर