• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत [नामावलि]

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँपालिकास्थि भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका–९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन् । 

गाउँपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार मृत्यु हुनेको संख्या ११ पुगेको छ । उनका अनुसा घाइतेहरुको उद्दार कार्य हेलिकोप्टरबाट भइरहेको छ । बाँकी मृतकको सनाखत भइसकेको छैन् ।

साथै, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल पनि उद्दार कार्यमा प्रत्यक्ष रुपमा जोडिएका छन् । मन्त्री दुलाल आफ्नो प्रत्यक्ष पहलमा हेलिकोप्टरसहित उद्दारमा जेटेका हुन् । गम्भीर अवस्था भएका घाइतेलाई हेलिकोप्टरमार्फत धुलिखल अस्पताल ल्याइएको छ । 

इन्द्रावती गाउँपालिका–९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर