जनकपुरधााममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापारिक मेला हुने  

जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापारीक मेलाको आयोजना हुने भएको छ । जनकपुरधामको व्यापार क्षेत्र तथा आर्थिक स्तर माथी उकास्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापारिक मेलाको आयोजना गर्न लागिएको हो । 

सिया इवेंट्स एण्ड एसोसिएट्स प्रा।ली।ले अयोजना गर्न लागेको व्यापारिक मेला “जनकपुर महोत्सव २०१९” मा छिमेकी राष्ट्र भारत सहित पाकिस्तान र बांग्लादेशका विभिन्न क्षेत्रका व्यापारीहरुको सहभागिता रह्ने आयोजकले जनाएको छ । 

शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी सिया इवेंट्सले कार्तिक १ गते देखि कार्तिक ५ गते सम्म जनकपुरधामको तिरहुतिया गाछीमा मेलाको आयोजना गर्न लागेको हो । मेलामा एक लाख भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । करिब ५० लाखको लागतमा आयोजना हुन लागेको व्यापारिक मेलामा ७५ वटा भन्दा बढि स्टल रहने आयोजकले जनाएको छ ।

यो व्यापारीक मेलाले जनकपुरधामको आर्थिक अवस्थालाई माथी उकास्न केही हदसम्म मद्दत गर्ने अपेक्षा गरिएको छ । यस जनकपुर महोत्सव २०१९ मा गारमेंट्स, छाला जन्य उत्पादन, किचेन वेयर, होम एप्लायंसेस, आटो मोबाइल्स, हेल्थ एण्ड फिटनेस, कंस्ट्रक्शन  बैँक तथा वित्तिय संस्था लगायत अन्य विभिन्न किसिमका अति आवश्यक सामाग्रीहरु राखिने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर