• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

महरा–रोश्नी घटनामा आफूसहित नेकपाका नेता मुछेकोमा पूर्व सभामुख ओनसरीको आपत्ती

काठमाडौं । पूर्व सभामुख ओनसरी घर्तीले संघीय संसद, प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोश्नी शाहीबारेको घटनामा नेकपाका नेतासहित आफूलाई मुछेकोमा आपत्ती जनाएकी छन् ।

पछिल्लो चरणमा सो घटनाबारे फरक–फरक खबरहरु सार्वजनिक भईरहेको र त्यसमा आफुलाई समेत जोडेपछि उनले आरोपहरुको खण्डन गरेकी हुन् ।

समाचार दैनिकसँग कुरा गर्दै नेकपा प्रदेश ५ को अध्यक्ष समेत रहेकी पूर्वसभामुख घर्तीले भनिन्, ‘सो घटनाका विषयमा त्यतिबेला र अहिलेपनि मेरो सम्बन्धित व्यक्तिहरु कसैसंग पनि कुराकानी भएको छैन, हुँदै नभएको कुरालाई लिएर तत्कालिन नेकपा माओवादी केन्द्रबाट विचलित भएका नेता गोपाल किरातीले आधारहिन अफवाह फैल्याएको र सोही आरोपलाई आधार मानेर केही संचारमाध्यम समाचारको सामाग्री समेत बनाएको देख्दा मलाई दुख लागेको छ ।’

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री वर्षमान पुन र आफ्नो नाम समेत जोडर तत्कालिन सभामुख महराका विषयमा अनावश्यक टिप्पणी गरेको प्रति आक्रोश व्यक्त गर्दै पूर्वसभामुख घर्तीले त्यस्ताखाले सबै आरोपहरु आफूले खारेज गर्ने बताईन् ।

‘अहिले सो घटना सम्मानित अलादतको मातहतमा छ,’ उनले भनिन्, ‘अदालतले गर्ने फैसलालाई सम्मान गर्नु मेरो पनि कर्तव्य हो । त्यसैले यस्ता अफवाहपूर्ण प्रचारबाजीको भ्रममा नपर्न म नेता, कार्यकर्ता, पार्टी समर्थक तथा शुभचिन्तकहरुमा आपिल गर्दछु ।’

नेता किँरातीले बिहीबार आफ्नो पार्टीको धारणा भन्दै महरालाई फसाउन प्रधानमन्त्री ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्ती समेत लागेको आरोप लगाएका थिए । पूर्वसभामुख घर्तीले आफूमाथिको आरोप पुष्टी गरेर देखाउन समेत नेता किरातीलाई चुनौती दिएकी छन् ।

निर्वतमान सभामुख महराको नक्कली ट्विटर आइडी बनाएर कतिपयले सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्ड, ऊर्जामन्त्री पुनलाई समेत आरोपित गर्नेगरि अफवाह फैलाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर