• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सी जिनपिङ : साधारण किसानदेखि सत्ताको शिखर सम्मको यात्रा

काठमाडौं । एक्कासौँ शताब्दीमा यस्ता कमै राजनीतिक नेता छन् जो गुफामा बसेका छन् । जसले खेतमा मिहेनत गरे, त्यसपछि सत्ताको शिखरमा पुगे । 

सन् १९५३ जुन १५ मा चीनको राजधानी बेइजिङमा जन्मिएका कम्युनिष्ट पार्टी चीनका महासचिव तथा जनवादी गणतन्त्र चीन राष्ट्रपति सी जिनपिङ दुई दिने भारत भ्रमणमा शुक्रबार तमिलनाडु आइपुगेका छन् । भारत भ्रमण सक्काएर सी शनिवार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । सी जिनपिङ चिनियाँ जनवादी क्रान्तिपछि जन्मिएर चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको नेतृत्व गर्ने पहिलो नेता हुन् । 

चीनको केन्द्रिय सैन्य आयोग (सिएमसी)का अध्यक्ष समेत रहेका सी जिनपिङ चीनको सर्वोत्कृष्ट नेतामध्ये एक हुन् । 

सन् १९९४ मा माओद्वारा जनवादी गणतन्त्र चीनको स्थापनापछि सीका पिता सी जोङसाङले प्रचार प्रमुख, उप–प्रमुख र नेसनल पिपल्स सभाका उपाध्यक्ष गरी जिम्मेवारीमा काम गरे ।

सन् १९६६ मा चीनमा सांस्कृतिक क्रान्तिको आँधी आयो । त्यस समयमा नै १५ वर्षीय एक युवक (सी जिनपिङ)ले गाउँमा कठिनाइले भरिएको जिन्दगी सुरु गरेका थिए । 

चीनको भित्री क्षेत्र जहाँ चारै तिर पहेँलो खोल्साहरु थिए, अग्ला पहाडहरु थिए, त्यहीबाट सी जिनपिङको जिन्दगीको लडाई सुरु भएको थियो । 

जुन क्षेत्रबाट सीले खेती–किसानीको जीवन सुरु गरेका थिए, त्यो क्षेत्र गृहयुद्धका दौरान चीनको कम्युनिष्टहरुको आधार इलाका थियो । यूनानका नागरिक आफ्नो क्षेत्रलाई चीनको रातो–क्रान्तिको पवित्र भूमि मान्दथे । 

सन् १९६८ मा कम्युनिष्ट पार्टीका अध्यक्ष मोओत्सेतुङले लाखौँ युवाहरु शहर छोडेर गाउँमा जान अपिल गरे । 

यसको उद्देश्य सहरका युवा गाउँमा गएर अप्ठ्याराको सामना गरुन्, किसान र मजदुरबाट अगाडी बढ्ने पाठ सिकून् भन्ने थियो । जसमा सी पनि थिए । उनको यही अनुभवले धेरै कुरा सिकाएको सीले बताएका छन् । 

आज उनी जो हुन्, त्यो त्यही समय र संघर्षका कारण भएको सी बताउँछन् । उनको भूमिका त्यही गुफाको ढोकाले निर्धारण गरिदियो ।

सन् १९७५देखि सन् १९७९ सम्म सीले बेइजिङस्थित सिन्हुवा विश्वविद्यालयमा रसायन इन्जिनियरिङ पढे । त्यहाँ अध्ययन गर्नेले त्यस समय १५ प्रतिशत समय माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराका बारेमा पढाएर बिताउथे, भने ५ प्रतिशत समय जनमुक्ति सेनासँग कृषि कार्य सिक्नमा बिताउथे । 

सन् १९७४ मा सीले दश पटकको प्रयासपछि कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

बाल्यकालदेखि वयस्कसम्म सीले दुवै खालको जिन्दगीको अनुभव गरे । उनका पिता पनि कम्युनिष्ट क्रान्तिको हिरो थिए । यस्तो अवस्थामा सीले एक राजकुमारको जस्तो जिन्दगीको अनुभव पनि गरे । 

सन् २००९ मा एक गुप्तचर अमेरिकी केबलका अनुसार, सीको नजिकको एक मित्रले सीको सुरुवाती दश वर्षले उनको व्यक्तित्वको आधार तयार पारेको थियो । 

त्यसपछि, कम्युनिष्ट क्रान्तिका दौरान जब सी किसानका बीच रहे, त्यो अनुभवले पनि उनको अगाडिको जिन्दगीमाथि गहिरो प्रभाव पारेको थियो । 

सी जिनपिङ प्रायजो भन्ने गर्छन्, ‘म पहेलो माटोको छोरा हुँ । मैले मेरो मुटु लियाङ्गजिआहेमा छोडेर आएको छु । त्यो ठाउँले मलाई बनायो ।’

सी जिनपिङ भन्छन्, ‘म लियाङ्गजिआहेमा पुग्दा जम्मा १५ वर्षको किशोर थिए । म चिन्तित थिए । मलाई केही सुझिरहेको थिएन ।’

‘तर २२ वर्ष हुँदा नहुँदै मैले सबै शंका भाग्यो । म आत्मविश्वासले भरिएको थिए । मेरो जिन्दगीको उद्देश्य पूर्णरुपले छर्लङ्ग भइसकेको थियो ।’

दुर्गम गाउँमा रहँदा त्यस समय जो कोहीले अध्यक्ष माओको चर्चित सानो रातो किताब पढिरहेका हुन्थे । आज अध्यक्ष माओको जतिकै दर्जा दिइएका चिनियाँ राष्ट्रपति सीको विचार ठूला–ठूला रातो होडिङमा देख्न सकिन्छ । 

सीको सम्मानमा एक संग्राहलय नै बनाइएको छ । यस संग्रहालयमा सीले आफ्ना किसान तथा मजदुर साथीका लागि के–के राम्रो काम गरे भन्ने दावी गरिएको पाइन्छ । 

राष्ट्रपतिको रुपमा पहिलो कार्यकालको पाँच वर्ष सीले प्रभावकारी रुपमा निभाए । यही अवधिमा उनले आफूलाई एक राजनेताको रुपमा स्थापित गरे । सी प्राय दुर्गम गाउँको भ्रमण गर्छन् । उनी गरिबका घरमा जान्छन् । उनी साधारण जनताको बोलीचालीमा कुरा गर्छन् । 

उनी विद्यार्थीहरुसँग भन्ने गर्छन्, ‘जिन्दगी एक कमिजको टाँक जस्तै हो, जसको सुरुको टाँक सही तरिकाले लगाउनुपर्छ, नत्र भने सबै टाँक गलत ठाउँमा बन्द हुन पुग्छन् ।’

सी धेरै पटक खाना खाने समयमा लाइनमा उभिएको देखिन्छन् र उनी आफ्नो खानाको बिल आफैँ तिर्छन् । 

सी जिनपिङको कहानीलाई एक मिथ बनाइएको छ, जसमा उनको कहानी गुफामा बिताएको उनको सुरुवाती जीवनका बारेमा छ । जहाँ उनलाई राजनीतिबाट अलग गरिएको थियो । 

सी जिनपिङ भन्छन्, ‘जसलाई सत्ताको अनुभव कम हुन्छ, उनीहरु यसलाई नयाँ र गोप्य अनुभव सम्झिइन्छन् । तर, म यी पर्दाभन्दा धेरै पर, निक्कै गहिराईबाट राजनीतिलाई हेर्छु’ । 

‘म फुलको हार र तालिको गडगडाहटबाट पर रहेर राजनीतिलाई हेर्छु । म नजरबन्द गरिने घर जस्तो देख्छु । म मानवीय सम्बन्धलाई कमजोर देख्छु ।’

‘म राजनीतिलाई गहिराईबाट बुझुछु ।’

तर, साठीको दशकमा अध्यक्ष माओकाे नेतर्आतमा चलेकाे  फ्नै पार्टीका नेतामाथि भारी परे, जसको परिणाम सी चिनफिङले पनि उठाउनु पर्यो । 

सीका पितालाई पार्टीबाट निलम्बित गरी जेल पठाइयो । त्यसपछि उनकी दिदीको मृत्यु भयो । सीकी दिदीको हत्या गरिएको पश्चिमा सञ्चारमाध्यमले दावी गरेका छन् । १३ वर्षको उमेरमा नै सी जिनपिङको अध्ययन बन्द भयो । 

किनकि बेइजिङको सबै विद्यालय बन्द गरिएको थियो । जसका कारण विद्यार्थीहरु आन्दोलनमा उत्रिए । यस क्रममा सीको परिवार पनि निशानामा पर्यो । 

उक्त समय सम्झिदै सी चिनपिङले एक पटक भनेका थिए, ‘म जम्मा १४ वर्षको थिए, रेड गार्ड्सले मलाई सोधे – तिमी आफ्नो अपराधलाई कति गम्भिर मान्छौँ ?’

‘मैले भने – तपाई आफैँ अनुमान लगाउन सक्नुहुन्छ कि मलाई मार्न यति काफी छ ? त्यसपछि रेड गार्ड्सले भने – तिमीलाई सयौ पटक मार्न सक्छौँ’

‘मेरो हिसाबले एक पटक मर्नु  वा पटक–पटक मर्नुमा केही पनि फरक छैन’ । 

साठीको दशकमा चीनका ग्रामिण क्षेत्रमा जीवन निक्कै कष्टपूर्ण थियो । विद्युत हुँदैन थियो । गाउँसम्म पुग्ने बाटो कच्ची मात्रै थिए । 

खेताका लागि मेसिन पनि थिएनन् । त्यस समय सीले मल बनाउने, बाँध बाध्ने र सडक मर्मत गर्न सिके । उनी जुन गुफामा बस्थे, त्यहाँ किराको आतंक हुन्थ्यो । गुफामा इँटाको ओछ्यानमा उनी अन्य तीन साथीसँग सुत्थे । 

त्यस समय खानका लागि उनीसँग दाल, रोटी र केही सब्जि मात्रै हुन्थे । सीका एक जना किसानी साथी लू होउसेङले भनेका थिए – भोक लागेपछि सी खानामा जे अगाडी आउथ्यो त्यही खान्थे । 

रातमा सी जिनपिङ आफ्नो गुफामा टुकीको उज्यालोमा बढ्ने गर्थे । उनमा पढ्ने रुचि थियो र सिगरेट निक्कै पिउथे । उनी प्रायजसो माओको भाषण र अखबार पढ्ने गर्थे । 

सीको साथी लूका अनुसार, उनी निक्कै गम्भिर रहने गर्थे । सीमा प्रेमिका बनाउनमा रुची राख्दैन थिए । १८ वर्षको उमेर उनले आफ्नो राजनीतिक यात्रा सुरु गरे । उनले कम्युनिष्ट युथ लिगमा सहभागी भए । 

२१ वर्षको उमेर उनले बारम्बार अस्विकार गरिए पछि पनि कम्युनिष्ट पार्टीको सदस्य बने । सीका साथीहरु खेलेकुदमा व्यस्त हुँदा उनी काममा लागिरेहा हुन्थे । सी निक्कै महत्वकांक्षी थिए । 

कम्युनिष्ट क्रान्तिपछि सी कट्टर कम्युनिष्ट बनेका थिए । जब सी २५ वर्षका थिए, उनका पिताको पार्टीमा पुनरागमन भयो । 

बुवाको मद्दतले सी चिनपिङले आफ्नो करिअर छिटो अगाडी बढाए । विस्तारै पार्टीमा उनका साथीको संख्या पनि बढ्दै गयो । 

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालमा लगाइएकाे सीमालाई हटाने प्रस्ताव राख्यो । यो कदम वर्तमान नेता सी चिनपिङलाई सत्तामा रहिरहन चालिएको कदम हो भन्ने विश्लेषण गर्न थालिएको छ ।  चीनको राजनीतिमा यसलाई एक निर्णायक घडीको रुपमा देखियो । 

आज सी जिनपिङ एक यस्तो देशको अगुवाई गरिरहेका छन्, जो एकदमै छिटो गतिमा विश्वको ‘सुपरपावर’को रुपमा माथि उठिरहेको छ । 

तर, चीन यस्तो देश हो, जसले आफ्नो नेताको बारेमा के भनिन्छ भन्ने कुरामा कडा निगरानी राख्छ । 

सी जिनपिङको जीवन कहानीलाई केही हदसम्म छाटकाट गरेर प्रस्तुत गरिन्छ । रोचक कुरा के छ भने जहाँ चीनको सम्पूर्ण भित्री इलाका छिटो गतिमा शहरीकरण भइरहेका छन्, तर सीको गाउँलाई जस्ताको त्यस्तै राखिएको छ । 

सन् १९१२ नोभेम्बर १५ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका सी जिनपिङले पोलिटब्युरोको संख्या ९ बाट ७ मा झारे । 

सन् २०१३ को मार्च १४ का दिन चीनको राष्ट्रपति पदमा सी चिनफिङ चुनिए । १२ राष्ट्रिय जन कंग्रेसमा भएको मतदानमा उनले २ हजार ९ सय ५२ मत ामत पाएर विजयी भएका थिए ।

चीनमा माओत्सेतुङ पछिका सर्वशक्तिशाली नेताको रुपमा सी जिनपिङलाई हेर्न पाइएको छ । यी विचारधारा चीनको संविधानमा समेत उल्लेख गरिएको छ । विभिन्न एजेन्सीको सहयोगबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर