• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

टी – ट्वान्टीको वरियतामा नेपाल १३ औं स्थानमा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी – ट्वान्टीको वरियतामा नेपाल १३ औं स्थानमा पुगेको छ ।आईसीसील अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान झर्दै १३ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १९० रेटीङ अंक पाएको छ । हालै सिंगापुरमा त्रिकोणात्मक र ओमानमा भएको पाँच देशीय टी– ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ । सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो ।

यसअघि नेपाल भन्दा तल रहेको स्कटल्याण्ड र युएईले वरियतामा फड्को मार्दा नेपाल झरेको हो । नयाँ वरियतामा स्कटल्याण्ड ११ औं र युएई १२ औं स्थानमा उक्लिएको छ ।

एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ  भने एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर