• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजको राशिफल : आइतबार विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । कार्य सम्पादन गर्नमा समस्या आउला । 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज चिताएको कामले तीव्रता लिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकायको चर्चा चल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ । 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यात्रामा सावधानीपनि अपनाउनु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला । 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेममा मधुरता छाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । 


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर