• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विश्वमा पहिलो पटक सीमित ग्राहकको लागि सुनको एटिएम कार्ड वितरण गरिने

एजेन्सी । ब्रिटिस सरकारको स्वामित्वमा रहेको कम्पनी ‘द रोयल मिंट’ ले विश्वमा पहिलो पटक सुनको एटिएम कार्ड बनाएकाे छ ।  कम्पनीको अनुसार एटिम कार्डमा १८ क्यारेट सुनको प्रयोग गरिएको छ ।

यसको मुल्य १८७५० युरो (करिब १४ लाख ७० हजार रुपैयाँ ) रहेको छ । एटिएम कार्डकाे नाम ‘रेरिस’ राखिएको छ ।  डेबिट कार्डमा ग्राहकको नाम उल्लेख रहनेछ । कार्डको विशेषता भनेको यसमा कुनै पनि ट्रान्जेसन शुल्क लाग्ने छैन । 

साथै कुनै प्रकारको फेरेन एक्सचेन्ज शुल्क पनि लाग्ने छैन । यही कारण यो कार्डलाई लग्जरी पेमेन्ट कार्डको श्रेणीमा राखिएको छ । कम्पनीको अनुसार यो कार्ड सीमित ग्राहकलाई मात्र दिइने छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर