• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मेस्सी नोभेम्बरबाट राष्ट्रिय फुटबल टोलीमा देखिने

अर्जेन्टिनी फुटवलर लियोनल मेस्सी नोभेम्बरबाट राष्ट्रिय फुटबल टोलीमा देखिने भएका छन् । अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनल स्कालोनीले प्रतिबन्धपछि मेस्सी नोभेम्बरबाट राष्ट्रिय टोलीमा देखिने बताएका हुन् । दक्षिण अमेरिकी फुटबल महासंघमाथि भ्रष्टाचारको आरोप लगाएपछि मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लगाईएको थियो ।

तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले सो आरोप लगाएका थिए । सो क्रममा उनले आफु भ्रष्टचारको हिस्सा नबन्ने भन्दै पदक लिन अस्विकार गरेका थिए । अर्जेन्टिनी टिम सेमिफाईनलमा ब्राजिलसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । मेस्सीले सो क्रममा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप समेत लगाएका थिए ।

प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको र जर्मनीविरुद्वको मैत्रीपूर्ण खेल गुमाएका छन् । उनले आईतबार हुन ईक्वोडरविरुद्वको खेल समेत गुमाउनेछन् ।
अर्को महिना पाराग्वेसंग हुने मैत्रीपूर्ण फुटबलमा भने उनी खेल्ने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर