• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे अन्तर्राष्ट्रिय मिडियाले के–के लेखे ? 

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण गरी आज(आइतबार) बेइजिङ फर्किएका छन् । विश्वमा एक अर्को शक्तिको रुपमा उदाइरहेको चीनको राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि ऐतिहासिक छदै छ, विश्व समुदायले पनि यसमा गरेको छ ।

२३ वर्षपछि चिनियाँ नेतृत्वले नेपालको भूमि टेकेको अवसरलाई अन्तराष्ट्रिय सञ्चारमाध्यमले कसरी हेरेको छ त ? 

भारतको दुई दिने भ्रमण सक्काए लगत्तै नेपाल आएका सी चिनफिङको यस भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यमको सबैभन्दा बढी चासो देखिन्छ । 

टाइम्स अफ इन्डियाले लेखेको छ – नेपालमा सी चिनफिङले गहिरो रक्षा सम्बन्धकाबारे कुरा गरे । 

त्यसैगरी, अमेरिकी अनलाइन ‘क्वार्ज’ले ‘चीनका सी चिनफिङ सम्झौता, प्रतिज्ञा र दबाब लिएर नेपाल पुगे’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । 

त्यस्तै, द न्यूयोर्क टाइम्सले लेखेको छ – ‘सी चिनफिङ लगानी लिएर नेपाल आए र भारतले यसलाई हेरिरहेको छ’ । यस्तै, टाइम पत्रिकाले ‘दुई दशकपछि नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति बने सी चिनफिङ’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । 

जर्मनको अंग्रेजी संस्करणको सरकारी सञ्चारमाध्यम ‘देउट्से वेल्ले’ले लेखेको छ – चीनका राष्ट्रपति सी चिनफिङको दुर्लभ नेपाल भ्रमण । यस सञ्चार संस्थाले हिमालको देश नेपालले लगानीका लागि बेइजिङको बाटो हेरिरहेको पनि बताएको छ । 

त्यसैगरी, चीनको सरकारी सञ्चारमाध्य ‘सिन्ह्वा’ले सीको नेपाल भ्रमणले चीन र नेपालबीचको सम्बन्धलाई थप उचाई पुर्याएको सम्पादकीय प्रकाशित गरेको छ । त्यसैगरी, सिन्हुवाले सीको भ्रमण र नेपालमा भएका समझादारी र सम्झौताबारे विभिन्न शिर्षकमा समाचार प्रकाशित गरेको छ । 

यता, भारतीय सञ्चारमाध्यमले सीको भ्रमणलाई निक्कै चासोका साथ हरेको पाइन्छ । ‘२३ वर्षपछि नेपालमा चीनका राष्ट्रपति, के भारतको तनाव बढ्नेछ ?’ शीर्षकमा आजतकको हिन्दी संस्करणमा समाचार प्रकाशित गरेको छ । इन्डिया टुडेले सी चिनफिङको भ्रमणका क्रममा नेपालले चीनसँग रेल–मार्गको सम्झौता गर्ने’ शीर्षकको समाचार प्रकाशित गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर