• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गोविन्द केसीले आजबाट अवकास पाउने : आन्दोलन जारी राख्ने

काठमाडाैँ । चिकित्सा शिक्षा सुधारको माथ राख्दै पटक पटक अनशन बसेका डा.गोविन्द केसीले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अबकाश पाउने भएका छन् ।

उनी त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा कार्यरत छन् । ६३ वर्षीय डा. केसीलाई सोमबारदेखि  अवकास दिइएको  अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जानकारी दिए ।

यस अघि डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए। डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ। सोही आधारमा नै अस्पतालले सोमबारदेखि अवकाश पाउने छन्।

डा. केसीले  चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए।
  
अवकाश पाएपछि पनि डा. केसीले  चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन्। डा. केसी निकट स्रोतका अनुसार अवकाश पाएको दिन अर्थात् सोमबार बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्दैछन्।

त्रिभुवन  विश्वविद्यालयमा पदाधिकारी सिफारिसका सम्बन्धमा विरोध जनाउँदै डा। केसीले दलीय भागवण्डा विरुद्ध अनशनको चेतावनी दिने बताइएको छ। विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सरकारले अघि बढाएको प्रक्रिया रोक्नुपर्ने माग डा. केसीको छ। पदाधिकारी नियुक्त प्रक्रियामा परासर कोइराला नेतृत्वको समितिले दिएका सुझाव कार्यन्वयन गर्नुपर्ने माग डा. केसीको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर