घरमै पर–पुरुषसंग भेटेपछि श्रीमानद्वारा श्रीमतीको हत्या

कैलाली । आफ्नै घरमा पर(पुरुषसंग भेटेपछि कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको हो । २१ गते कुटपिट भएपनि प्रहरीलाई २४ गते मात्रै घटनाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२४ गते विहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाईएको थियो । नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापा फेरी उपचारका लागि लम्की स्थीत अस्पतालमा भर्ना भएकी थिईन् ।

थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए । कुटपिटमा संग्लन उनलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर