फिल्म ‘लक्ष्मी रानी’ लाई ‘पिजी’ (प्यारेन्टर गाइडेन्स) सर्टिफिकेट

काठमाडौं । सेन्सर बाेर्डले नेपाली फिल्म ‘लक्ष्मी रानी’लाई ‘पिजी’ (प्यारेन्टर गाइडेन्स)  सर्टिफिकेट दिएकाे छ ।

१ कात्तिकदेखि देशव्यापी प्रदर्शनमा आउने तयारी रहेको शुभेच्छा थापाबाट निर्देशित साे फिल्म १६ वर्ष मुनिका दर्शकले अभिभावकका साथमा हुनुपर्ने भएको छ ।  साे फिल्मकाे निर्माता विनाेद त्रिपाठी हुन् ।

फिल्ममा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मुख्य भुमिका रहेको छ । अभिनेत्री शुभेच्छाको फिल्ममा दोहोरो भुमिका छ । त्यस्तै श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण शिवाकोटी, कमल साउद, राजु गिरी लगायतका कलाकारले पनि चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर