• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनौट

एजेन्सी । पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट हुन सफल भएको छ । आइतबार राति भएको खेलमा नर्थ मासिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टोली बनेको हो ।

यसअघि बेल्जियम, इटाली र रुस छनोट भइसकेका छन् । पोल्यान्डको जितमा फ्रान्कोवस्की र एर्काडियु मिलिकले गोल गरे । 

समूह ‘एच’ मा पोल्यान्डले ८ खेलबाट १९ अंक जोड्यो । दोस्रो स्थानको अष्ट्रियाको ८ खेलबाट १६ अंक छ । नर्थ म्यासेडोनिया ११ अंकसहति तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर