• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

क्रोएसियासँग वेल्सको बराबरी

एजेन्सी । युराेकप छनाैट अन्तर्गत गए राती भएकाे खेलमा वेल्सले विश्वकपको उपविजेता क्रोएसियासँग बराबरीमा राेकिएका छन् । स्टार खेलाडी बेलको गोल सहयोगमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेका थिए ।

बराबरीसँगै क्रोएसिया ७ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । वेल्स ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहँदै छनोट हुने सम्भावना जीवितै राखेको छ ।

यही समूहको अर्को खेलमा हंगेरीले अजरवैजानलाई १–० ले पराजित गरेको छ । हंगेरी १२ अंक जोडेर दोस्रो स्थानमा छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहँदा अजरवैजान १ अंकसहित पुछारमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर