• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सीको बिदाइपछि बालुवाटारमा ओली प्रचण्ड भेटघाट, के छ एजेन्डा ? 

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भइरहेको छ । केहीबेर अघिदेखि उनीहरूबीच वार्ता चलिरहेको छ । 

दसै‌ सकिएपछिको पछिल्लो राजनीतिक घटनाक्रम र चिनियाँ राष्ट्रपति सी जिनपिङ भ्रमणको समीक्षामा केन्द्रित रहेर वार्ता भइरहेको बुझिएको छ । आजको छलफलमा पार्टी एकताको बाँकी कामहरूको विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ । 

पछिल्लो समय मन्त्रिपरिषद् हेरफेरको विषयमा पनि नेकपाका अध्यक्षद्वयबीचको छलफल सुरु हुन थालेको बुझिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ हिजो मात्र नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । २३ वर्षपछि भएको ऐतिहासिक भ्रमणलाई नेपालमा भव्य बनाइएको थियो । राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निम्तोमा नेपाल आएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर