२५ मेगावाट काबेली केन्द्रीय प्रशारण लाईनमा जोडियो

काठमाडौं । २५ मेगावाट काबेली बी–१ जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अरुण काबेली पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

आयोजनाबाट उत्पादन भएको विद्युत प्राधिकरणको प्राविधिक टोलीले काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिएको छ। प्रसारण लाइनको तेस्रो खण्ड तयार नहुँदा विद्युत उत्पादन ढिलो भएको कम्पनीले दाबी गर्दै आएको छ ।

उत्पादित विजुली गत असोज १६ गतेदेखि आयोजनाको विद्युत् प्रशारण लाईनमा जोडिएको हो । परियोजनाका निर्देश रमेश न्यौपानेका अनुसार उत्पादित विद्युत् परीक्षण उत्पादन अबधीभर नेपाल विद्युत प्राधिकरणले निशुल्क पाउनेछ । अबको २ सातापछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु हुनेछ ।

 प्रसारण लाइनकै कारणले गर्दा तालिका भन्दा  एक वर्ष ढिलो विद्युत उत्पादन भएको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न करिब ५ अर्ब रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर