खुल्यो समता लघुवित्तको हकप्रद

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले असोज २७ गते आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । 

कम्पनीले यसअघि असोज २६ गते आइतबारदेखि हकप्रद सेयर निष्काशन गर्ने मिति तय गरेको थियो । उक्त दिन चिनीयाँ राष्ट्रपतिको भ्रमणका कारण सार्वजनिक विदाका भएकोले आजदेखि हकप्रद सेयर निष्काशन भएको हो । 

लघुवित्तले १०० रुपैयाँ अंकित मुल्यमा १२ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद बिक्री गर्न लागेको हो । 

असोज २७ गते देखि मंसिर १ गतेसम्म आवेदन गर्न सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर