एनआरएनए चुनाव : नेतृत्वका लागि पन्त र आचार्यको भिडन्त

काठमाडौं । मंगलबारदेखि गैरआवासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । महाधिवेशनले १२ पदमा ४२ जनाको चयन गर्नेछ ।

संघको विश्व सम्मलेनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भिडन्त निश्चित् भइसकेको छ ।

महाधिवेशनले संघको नेतृत्व अर्थात अध्यक्षमा एकजनालाई चयन गर्नेछ । त्यस्तै महिला सहित पाँच जना उपाध्यक्ष, एक जना महासचिव दुई जना सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक महिला संयोजक र युवा संयोजक एक जना छनोट गर्ने भएको छ । 

त्यसैगरी प्रत्येक क्षेत्रीय समितिबाट १/१ जना गरी ६ जना क्षेत्रीय संयोजकहरु पनि महाधिवेशनले चुन्नेछ । त्यस्तै संघको विधान बमोजिम क्षेत्रीय उपसंयोजक, क्षेत्री महिला संयोजक र युवा संयोजक पनि सम्मेलनबाट चुनिने निर्वाचन समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर