म्युचुअल फण्ड बाहेकका सबै सुचक राताम्मे हुँदा दोहोरो अंकले ओर्लियो नेप्से सुचक

काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । शुरुवाती समयमा सामान्य सकारात्मक रहेको नेप्से सुचक अन्त्यमा १२ दशमलव ०५ अंकले घटेर १ हजार १ सय ३६ दशमलव ९६ अंकको बिन्दुमा बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन कुल १५४ कम्पनीको २१ करोड ८६ लाख ३५ हजार ६९१ रुपैयाँको ८ लाख ३३ हजार ७५३ कित्ता सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको २ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै सिद्धार्थ बैंकको २ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सोमबार म्युचुअल फण्ड बाहेकका सबै सुचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी होटल समूह ५३ दशमलव ६६ अंकले घटेका छन् । 
यसदिन सर्वाधिक कमाउनेमा राधी जलविद्युत कम्पनीका सेयरधनी रहेका छन् भने गुमाउनेमा सिद्धार्थ पावर डेभलपमेन्टका सेयरधनी रहेका छन् । आज राधी कम्पनीको सेयर भाउ ५ दशमलव ८४ प्रतिशतले बढेको छ भने सिद्धार्थ पावरको सेयर मुल्य ६ दशमलव ४९ प्रतिशतले घटेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर