• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं : एनआरएनए

सम्मेलनका लागि १५ सय प्रतिनिधि काठमाडौंमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव बद्री केसीले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा अञ्जानमा खरिद भएको स्पष्ट पारेका छन् । 

‘संस्थाको नाममा जग्गा छ । ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो’ उनले भने – ‘राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं ।’ 

बालुवाटारमा व्यक्तिको नाममा गरेको सरकारी जग्गाको केही अंश एनआरएनएले किनेको थियो । सरकारी जग्गा भन्ने जान्दाजान्दै एनआरएनए नेतृत्व पनि उक्त घोटालामा सहभागी भएको भनी आलोचना भइरहेका बेला एनआरएनएले त्यस विषयमा जानकारी नभएको बताएको हो ।

साथै, काठमाडौंमा सुरु हुने नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । उनका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । जसमध्ये १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन् ।

दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर